एमाले बन्दिपुर गाउँ कमिटि र भानु नगर कमिटिले शनिबार शुभकामना कार्यक्रम गर्ने

Devghat Online

शेयर गरौ

दमौली, असोज १८

नेकपा एमाले भानु नगर कमिटि र बन्दिपुर गाउँ कमिटिले बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आज शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएका छन् ।

बन्दिपुर गाउँ कमिटिले विहान १० बजे बन्दिपुर–४ स्थित सौर्य होटलमा शुभकाममना तथा चियापान कार्यक्रम आयोजना गरिएको बन्दिपुर गाउँ कमिटिका अध्यक्ष रवि श्रेष्ठले बताए ।

यसैगरि भानु नगर कमिटिले कमिटिले वडा नम्बर १ को ग्रिनपार्कमा दिउँसो १२ बजे शुभकामना कार्यक्रम आयोजना गरिएको नगर कमिटिका अध्यक्ष शंकर रानाभाटले बताए ।

बन्दिपुर र भानुको उक्त दुबै शुभकामना तथा चियापान कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यता हुनेछ ।

शुभकामना तथा चियापान कार्यक्रमलाई भव्यरुपमा गर्ने पुर्व तयारी भएपनि हालैको बाढि र पहिरोको कारण ठुलो मानविय र भौतिक क्षती भएको र राष्ट्र नै विपदसँग जुधिरहेको हुँदा कार्यक्रमलाई सामान्य रुपमा सम्पन्न गरिने एमाले भानु नगर कमिटिका अध्यक्ष रानाभाटले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र