पत्नीको हत्या गरि भागेका भानुका बोटे गोरखाबाट पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, असोज २२

भानु नपा–१ बोटेगाउँकी ३६ बर्षीया पुर्णमाया बोटेको हत्या गरि भागेका मृतकका पति ४० बर्षीय पन्चबहादुर बोटेलाई प्रहरीले गोरखा जिल्लाको पालुङटारबाट पक्राउ गरेको छ ।

पन्चबहादुरले सोमबार राती पत्निको डोरीले घाँटी कसेर भागेको आशंकामा प्रहरीले उनको खोजतलास गरेको थियो ।पन्चबहादुरले छिमेकी बुहारीलाई आफ्नो श्रीमतीको मृत्यु भयो भनि घरको चाबी फालेर भागेको प्रहरीले जनाएको छ ।

छिमेकीले प्रहरीलाई खबर गरि ढोका खोली हेर्दा पुर्णमायाको शव उत्तानो परेको अवस्थामा भेटिएको भन्सार प्रहरी चौकीले जनाएको छ । मृतकको घाँटीमा निलडाम रहेको र नजिकै डोरी भेटिएको प्रहरीले जनाएको छ ।

घटना पछि भागेका पन्चबहादुरलाई गोरखा जिल्ला पालुङटार नपा–७ बिरुवाटारबाट मंगलबार बिहान पालुङटार प्रहरीले पक्राउ गरि भन्सार प्रहरी चौकीको जिम्मा लगाएका थिए । शवको पोष्टमार्टमकोलागि मंगलबार बिहान दमौली अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक