शुक्लागन्डकी नगर उद्योग वाणिज्य संघको नेतृत्वकोलागि निर्वाचन हुने, अध्यक्षकोलागि समुन्द्रराम र सुजितको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दुलेगौंडा, असोज २९

शुक्लागन्डकी नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वकोलागि निर्वाचन हुने भएको छ । संघको नयाँ नेतृत्वकोलागि मंगलबार उम्मेदबारी दर्ता भएको छ ।

जस अनुसार अध्यक्ष पदकोलागि समुन्द्रराम श्रेष्ठ र सुजित हिराचन को उम्मेदबारी परेको छ । श्रेष्ठ संघको हाल बरिष्ठ उपाध्यक्ष हुन् भने हिराचन हालका उपाध्यक्ष हुन् । उनीहरु दुबै शुक्लागन्डकी नपा वडा नम्बर ७ निवासी हुन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षकोलागि नारायणकुमार श्रेष्ठ र सुमन सापकोटा, वाणिज्य उपाध्यक्षकोलागि प्रकाश थापा र आनन्दसुन्दर श्रेष्ठ, उद्योग उपाध्यक्षकोलागि देवेन्द्रबहादुर ढुङ्गाना र प्रेमबहादुर श्रेष्ठ, महासचिवकोलागि सुजन श्रेष्ठ र पुर्णबहादुर कायस्थ, उपमहासचिवकोलागि विर्सना श्रेष्ठ र मित्रबन्धु पौडेल र कोषाध्यक्षकोलागि कमल गैह्रे र रजनी थापाको उम्मेदबारी परेको छ ।

यसैगरि सदस्यपदकोलागि राजबहादुर थापा, गिरबहादुर थापा, अमृत घिमिरे, पिताम्बर तिम्सिना, भुपेन्द्र रिमाल, धर्मराज पोख्रेल, विमल बानिया क्षेत्री, वर्मकुमार श्रेष्ठ, बुद्धिबहादुर खत्री, देवीभक्त राना, अर्जुन सापकोटा, गमबहादुर केसी, ऋषिराम महत, निलम विश्वकर्मा, विधान गुरुङ, राजेन्द्र पौडेल, तिलबहादुर कार्की, मिलन खनाल लामगादे, सन्तोषकुमार श्रेष्ठ, राजकुमार खड्का र उपेन्द्र पौडेलले उम्मेदबारी दिएका छन् ।

त्यसैगरि महिला सदस्य पदको लागि जोशिला थापा, केशवती श्रेष्ठ, रिता अधिकारी र बसन्ता कुमारी श्रेष्ठले उम्मेदबारी दिएका छन् भने एसोसियट्स सदस्यमा विपिन वाग्ले सर्वसम्मत भएका छन् । शुक्लागन्डकी उद्योग वाणिज्य संघको अधिवेशन आगामी कार्तिक ३ गते दुलेगौंडामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक