थानीमाई मन्दिरमा मंगलबारबाट फूलको डोली भित्रिने, मन्दिर परिसर सरसफाइ गरियो

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ५

तनहुँको भानु नपा–७ वसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक महिनाको पहिलो मंगलबारबाट फूलको डोली भित्र्याईने भएको छ । सोमबार सत्यनारायणको पूजा गरि मंगलबारबाट थानीमाईको भाकल स्वरुप फूलको डोली चढाउने प्रचलन छ ।

मन्दिर परिसरमा सरसफाईका लागि सोमबार शसस्त्र प्रहरी बल नेपाल नम्बर २३ गण हेक्वाटर मनकामना तनहुँ, भानु नपा–७ का वडाअध्यक्ष र स्थानीय बासिन्दाहरुको सहभागितामा थानीमाई मन्दिरमा सरसफाई कार्यक्रम गरीएको गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।

प्रसिद्ध धार्मिक स्थलको सरसफाइमा वडा अध्यक्ष लगाएत जनप्रतिनिधि, स्थानीय बासिन्दाको साथमा शसस्त्र प्रहरी बल मनकामना गणको योगदान महत्वपूर्ण रहेको भानु नपाका नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी