फोहोरबाट मोहोर बनाउँदै व्यास नगरपालिका

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक ५

तनहुँको व्यास नगरपालिकाले फोहोरबाट मोहोर आम्दानी गर्न थालेको छ । नगरपालिकाले फोहोरको रुपमा संकलन गरी पुनः प्रयोग योग्य वनाइएका वस्तुहरु विक्री बाट हाल सम्म २ लाख १७ हजार ४३९ रुपैयाँ आम्दानी गरेको छ ।

नगरपालिकाले गत भदौ ८ गतेबाट फोहोरको सुक्ष्म बर्गिकरणको थालनी गरेको थियो भने त्यस अघि साउन महिनाबाट नै सिसा संकलन गर्न सुरु गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले हालसम्म पानीको वोतल तथा अन्य पेट वोतल विक्रिबाट ५६ हजार ५६८ रुपैयाँ, आल्मुनियम विक्रीबाट ६ हजार १८०, टिन विक्रीबाट १४ हजार ६२, फलाम विक्रीबाट ६ हजार २६५, कापी विक्रीबाट ५ हजार २१६, किताब विक्रीबाट ७ हजार ८४०, गत्ता विक्रीबाट ३५ हजार ३१०, टुक्रा कागजबाट १ हजार ३२० र सिसा विक्रीबाट ८४ हजार ६७७ रुपैयाँ आम्दानी भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सबैभन्दा पानीको बोतल २ हजार ४५९ किलो विक्री गरेको थियो । नगरपालिकाले लगभग १ लाख रुपैयाँ बराबरको एलडी, एचएम, पिपि, गुडिया लगायतका सामान विक्रीको लागि तयारी अवस्थामा रहेको जनाएको छ । उक्त सामान सबै तिहार अघि नै विक्री गरिसक्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

रास्वपाको महाधिवेशन चितवनमा सुरु, आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्नेः सभापती लामिछाने

चितवन । असार ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरमा आइतबार सुरु