साँढेबगर सामुदायिक वन समुहको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, कार्तिक १०

देवघाट–५ स्थित साँढेबगर सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सो साधारणसभाको देवघाट सव डिभिजन वन कार्यलयका प्रमुख कृष्णप्रसाद भट्टले उद्घाटन गरे ।

साढेबगर सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष टिकिसरा गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महांसघका सदस्य भोजराज नैनावस्ती, स्थानिय वन महासंघका अध्यक्ष प्रविण कार्की, कालिका सामुदायिक वन समुहका अध्यक्ष कृष्णराज न्यौपाने, गैडाढुङ्गा वन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त वन समुहले ३८ घर धुरीको निशुल्क स्वास्थ्य विमा गरेको उपभोक्ता समुहकी अध्यक्ष टिकिसरा गुरुङले जानकारी दिइन् । यसैगरि समुहले गरिबी निवारण कार्यक्रम अन्तर्गत २१ जना उपभोक्तालाई पशुपालनको लागि जनही १० हजारको दरले उपलब्ध गराएको छ ।

रोग लागेपछि उपचारमा ठुलो धनराशी खर्च नहोस् भनेर उपभोक्ताको निशुल्क स्वास्थ्य विमा गरेको अध्यक्ष गुरुङले बताइन् । सो वनले भिरालो जमिनको संरक्षणको लागि बाँस रोपेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय