मुग्लिन–पोखरा सडक विस्तारः पुर्वी खन्डमा ६८ प्रतिशत भौतिक प्रगती

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक २२

दुई खन्डमा बाँडेर गरिएको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पुर्वीखन्डमा हालसम्म पुर्वी खन्डमा ६८ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माणकोलागि दुई पटक थपिएको म्याद सकिने समयअवधि नजिकिईसक्दा निर्माणको मुख्य कामले गति लिएको छ ।

पुर्वी खन्डको पछिल्लो पटक थपिएको समय अवधि आगामी फागुन १ गतेसम्म रहेको छ । आयोजनाको पूर्वी खण्डमा हालसम्म २९ किमि चार लेन र पाँच किमि दुई लेनको सडकमा कालोपत्रे गरिएको छ । तिहारको समयमा बिदा गरिएपनि चाइनिज र चाडपर्व नमान्ने केही नेपालीहरुले सामान्य निर्माण कार्य गरिरहेको आयोजनाको पूर्वी खण्डका इन्जिनियर तथा सुचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस खण्डको हालसम्म ६८ प्रतिशत कार्य प्रगति भएको भन्दै उनले तिहार सकिए लगत्तै निर्माण कार्यले गति लिने गरी काम अघि बढाइने बताए ।

उक्त खन्ड अन्तर्गत अहिले दमौली बजारमा सडक चौडा पार्ने काम भईरहेको छ । फागुन १ गते अघि नै दमौली बजारमा कालोपत्र गरिसक्ने पुर्वी खन्डको लक्ष्य रहेको भएपनि दमौलीको बुल्दी खोलाको पुलदेखी मादीको पुलसम्मको खन्डमा सडक सिमामा रहेका भौतिक संरचना हटाउनमा भएको ढिलाइले उक्त योजनामा भने धक्का लाग्ने भएको छ ।

पूर्वी खण्ड अन्तर्गत दमौलीको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम पनि सुरु भईसकेको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक अर्व २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण सुरु भएको इञ्जिनियर पाण्डेले जानकारी दिए । हालसम्म उक्त पुलको १२ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त पुलको हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भईसहेको छ ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । पूर्वी खण्डको कामका लागि वि.सं २०७७ माघ १७ गते सम्झौता भएको थियो । ४२ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म वि.सं २०७८ जेठ २ गते सम्झौता भई वि.सं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४६ मिटर चौडाइको सडक बन्नेछ । डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म पनि सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण