दमौली, कार्तिक २४
नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धी को १२ औं राष्ट्रिय महाधिवेशन तनहुँको दमौलीमा सुरु भएको । उक्त महाधिवेशनको नेपाल सरकारका प्रबक्ता एबम संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । महाधिवेशन कार्तिक २६ गतेसम्म हुने छ ।




महाधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक गरि करिब पाँच सय जना तथा अन्य अतिथी तथा कालाकारहरु सहित गरि करिब पन्ध्र सय जना सहभागी भएको महाधिवेशन मुल आयोजक समितिका संयोजक बिश्वराज तमुले बताए ।

महाधिवेशनको अवसरमा उद्घाटन अघि ¥याली सहित सांस्कृतिक कार्यक्रम गरि बाजागाजासहित दमौली बजार परिक्रमा गरिएको थियो । उक्त महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।












