पोखरा एभेन्जर्सको टोलीलाई दमौलीमा स्वागत

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३

आगामी मंसिर १५ गतेदेखी काठमाडौंमा हुने नेपाल प्रिमियर लिगमा गण्डकी प्रदेशबाट सहभागिता जनाउने पोखरा एभेन्जर्सको टोलीलाई सोमबार तनहुँको दमौलीमा स्वागत तथा सम्मान गरिएको छ ।

तनहुँ उद्योग वाणिज्य संघ र तनहुँ क्रिकेट संघले उक्त टोलिलाई सोमबार व्यास–३ स्थित अनसन चौतारीमा स्वागत एवं सम्मान गरेको हो । दमौलीका विभिन्न क्रिकेट क्लव तथा विभिन्न संघ संस्थाले पनि खेलाडी तथा टिमका सदस्यलाई स्वागत गरेका थिए ।

दमौलीको ट्राफिक चोकदेखि सफा सडक हुँदै ¥यालीसहित आएर अनसन चौतारीमा खेलाडी र टिमलाई सम्मान गरिएको हो ।
उक्त टोलीमा राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल लगायतका खेलाडीहरुको सहभागिता रहेको थियो ।

जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमिल्सेनाले तनहुँका खेलप्रेमीहरुको स्वागत र सम्मानले खेलाडीहरुलाई उत्साह जाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण