प्रधानमन्त्री ओलीविरुद्ध दुर्गा प्रसाईंले यसरी फैलाए भ्रम

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर ४

दुर्गा प्रसाईंले आफ्नो भेरिफाइड फेसबुकमा ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र’ लेख्दै ६ मिनेट ११ सेकेन्डको भिडियो हालेका छन् । सोमबार अपराह्न ४ बजेर ३६ मिनेटमा प्रसाईंको फेसबुकमा पोस्ट गरिएको उक्त भिडियो हाल समाजिक सञ्जालमा ‘भाइरल’ छ ।

कम्बोडियाको टेलिकम कम्पनी आजियाटामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीको प्रमाण देखाएको प्रसाईंले दाबी गरेका छन् । उनले कम्बोडियाको कम्पनी स्मार्ट आजियाटामा ओलीको लगानीको प्रमाणका रूपमा दुईवटा मोबाइलमा देखिएका कागजको भिडियो रेकर्ड गरेका छन् ।

भिडियोमा प्रसाईंले एकजना अर्को व्यक्तिसँग कुराकानी गरेको पनि देखिन्छ । त्यही कुराकानीका क्रममा देखाइएका स्क्रिनसट लिएर र मोबाइलमा देखाइएका कागजातको स्क्रिनसटका आधारमा भिडियो बनाइएको छ ।

कम्बोडियाको स्मार्ट आजियाटामा ओलीको लगानी भएको दाबी गरिएको भिडियोमा ३४ सेकेन्डमा देखिने कागजमा ओलीको नाम अंग्रेजीमा Khadka Prasad Oll (KP Oll) लेखिएको देखिन्छ ।

भिडियोको ४ मिनेट ६ सेकेन्डमा ओलीको नाम परिवर्तन Khadga prasad Oll (KP Oll) लेखिएको देखिन्छ । प्रसाईंले ओलीको लगानी दाबी गरेको भिडियोमा हस्ताक्षर मिति १४ मे २०१९ लेखिएको छ । परराष्ट्र मन्त्रालयको विवरणानुसार, ओली सन् २०१९ को १३ मे देखि १५ मेसम्म कम्बोडिया भ्रमणमा थिए ।

कम्बोडिया र नेपालले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार, प्रधानमन्त्री ओली तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित कम्बोडिया भ्रमणमा गएका थिए । ओली त्यतिखेर कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणमा त्यहाँ गएका थिए । उक्त भ्रणका क्रममा नेपाल चेम्बर अफ कमर्स र कम्बोडियाको चेम्बर अफ कमर्सबीच सम्झौता भएको थियो ।

प्रसाईंले ओलीको लगानी दाबी गरेको भिडियोमा स्मार्ट आजियाटाका तर्फबाट हस्ताक्षरकर्ताका रूपमा थोमस हडन्टको नाम छ । उनी हाल आजियाटाको चिफ स्टार्टेजिक एन्ड टेक्नोलोजी अफिसर हुन् । उनको इमेल ठेगाना भनेर लेखिएको info@axita.com थोमसको नभई मिडिया र कर्पोरट जानकारीका निम्ति आजियाटाले उपलब्ध गराएको इमेल ठेगाना हो ।

कम्बोडियाको स्मार्ट आजियाटामा प्रधानमन्त्री ओलीको लगानी रहेको दाबी गरिएको भिडियोमा देखाइएका कागजात हेर्दा तिनको आधिकारितामाथि विश्वास गर्न सकिँदैन । किनभने, प्रसाईंले दाबी गरेका कागजतमा ओलीको नाम नै मिल्दैन । ओलीको नागरिकतामा केपी शर्मा ओली नाम छ । प्रसाईंले दाबी गरेका कागजतमध्ये एउटामा Khadka र अर्कोमा Khadga लेखिएको देखिन्छ ।

प्रसाईंले दाबी गरेका कागजतमा ओलीको स्पेलिङ पनि गलत छ । ओलीको स्पेलिङ OLI हुनुपर्नेमा Oll लेखिएको छ । भिडियोमा देखाइएका यी प्रमाण हेर्दा प्रसाईंले ओलीको लगानी भन्दै दाबी गरेका कागजात गलत हुन् । यी कागजातले कम्बोडियामा ओलीको लगानी पुष्टि गर्न सक्दैनन् ।

s2-1732009427.jpg

s1-1732009427.jpg

प्रसाईंले कम्बोडियामा ओलीको लगानी छ भन्दै भ्रम फैलाएको यो पहिलोपटक होइन । २०८० कात्तिकमा पनि प्रसाईंले कम्बोडियामा ओलीको तीन हजार करोड रुपैयाँ लगानी भएको दाबी गरेका थिए । जवाफमा ओलीले सोही कात्तिक १३ गते भनेका थिए, “कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु । देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन, एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।”

s5-1732009427.jpg

कम्बोडियामा ओलीको लगानीबारे भिडियो बनाएको भन्दै प्रहरीले प्रसाईंलाई मंगलबार पक्राउ गरिसकेको छ । यसअगाडि पनि प्रसाईं साइबर अपराधमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक