आँबुखैरेनी गाउँपालिकामा विद्यार्थीलाई बैंक खाता, गाउँपालिकाले प्रति विद्यार्थी १ हजार जम्मा गर्ने

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ६

आबुँखैरेनीको प्रतिबद्धता, सुनौलो भविष्यको सुनिश्चितता भन्ने मुल नारा सहित आबुँखैरेनी गाउँपालिका अन्तर्गतको सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुको बैंक खाता खोल्ने अभियान सुरु भएको छ ।

आँबुखैरेनी गाउँपालिकाको आ.व.२०८१÷०८२ को नीति तथा कार्यक्रम अनुसार आँबुखैरेनी गाउँपालिकाको आयोजना तथा कुमारी बैंकको समन्वयमा गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको विद्यार्थी बचत खाता सञ्चालन कार्यक्रमको विहिबार रामशाह माविबाट शुभारम्भ गरियो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विद्यार्थीहरुमा बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुची तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पु¥याउने तथा उद्धमशीलताको विकास गरी बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्ने लगायतका उद्धेश्यले विद्यार्थीहरुको बचत खाता खोल्न लागिएको बताए ।

उक्त कार्यक्रम कुमारी बैंकसंग समन्वय गरी खाता खोल्ने तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा विद्यार्थीको हकमा प्रति विद्यार्थी रु.एक हजार गाउँपालिकाले विद्यार्थीको खातामा बचत गरिदिने र बचत गरे बापत कुमारी बैंकले रु.बीस हजार बराबरको स्वास्थ्य बीमा लगायतका अन्य सुविधाहरु समेत रहेको छ गाउँपालिकाकी शिक्षा अधिकृत निर्मला कुँवरले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता