एमालेको जनसभाको तयारी पूराः ५० हजार कार्यकर्ता उतार्ने

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर ६

नेकपा (एमाले) ले बिहीबार आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने भएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरूक बनाउने मुख्य उद्देश्यका साथ जनसभा आयोजना हुन लागेको बताए ।

प्रमुख गौतमले भने ‘जनसभाको अन्तिम तयारी पुरा भइसकेको छ, यो मूलतः, हामीले लक्षित गरेको जनसमूहलाई उपस्थित गराएर विधिको शासन र कानुनी राज्यका पक्षमा जनतालाई जागरण गर्ने कार्यक्रम हो ।’ उनले जनसभामा ५० हजार कार्यकर्तालाई सडकमा उतार्ने योजना रहेको बताए ।

उनले भने, ‘त्यसका लागि काठमाडौँ, भक्तपुर र ललितपुर, नगर र गाउँपालिका, जनसंगठनको बैठक गरेर पार्टीले आवश्यक जनपरिचालनको योजनालाई कार्यान्वयन गर्ने योजना छ । शुक्रबार ५० हजार मानिसलाई सडकमा उतार्ने गरी कार्ययोजना अगाडि बढाएका छौं ।’

उनले ट्राफिक कम तथा पुतलीसडक र लैनचौर मार्ग खुला रहने गरी दरबारमार्गमा सभा हुने जानकारी दिए । गौतमले भने, ‘दुवैतिरका सडकहरू, पुतलीसडक उता लैनचौर मार्ग चाहिँ खुला गर्ने गरी दरबारमार्गमा कम ट्राफिकिङ हुने भन्ने कुरा पार्टीको स्थानीय जनता, साथीभाइको सुझाव समेत ध्यानमा राखेर भद्रकालीमा ११ः३० बजे भेला भएर वीर अस्पताल हुँदै दरबारमार्गमा भेला हुने र कार्यक्रम गर्ने ।’ गौतलले एमालेको जनसभाले सुशासन, विकास र समृद्धिको पक्षमा सन्देश दिन खोजेको बताए ।

गौतमले विधिको शासन र कानुनी राजको पक्षमा नेकपा (एमाले) दृढतापूर्वक उभिन्ने भन्दै कुनै पनि किसिमको अराजकता र अस्थिरतालाई अस्वीकार गर्छ भन्ने हाम्रो सन्देश दिने बताए । जनसभालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका नेताहरुले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता