देवघाटमा हिमालयन समर्पण ध्यानयोग शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ९

मध्यनेपालको धार्मिक एवम् पर्यटकीय क्षेत्र देवघाट तनहुँमा अवस्थित महेश संन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्रको आयोजनामा महर्षि श्रीशिवकृपानन्दको पावन सान्निध्यमा हिमालयन समर्पण ध्यानयोग शिविर आईतवार सम्पन्न भएको छ । उक्त शिविर बिहान ७ बजेदेखि ११ बजेसम्म चलेको थियो ।नेपालबाट नै वृहत् स्थिति प्राप्त गरेका शिवकृपानन्दले प्रवचन एवम् ध्यान गराएका थिए । सो कार्यक्रममा महेश संन्यास आश्रमका पीठाधीश रमणानन्द गिरि एवम् अन्य सन्तहरूको विशेष उपस्थितिमा  २००० भन्दा धेरै साधक साधिकाको उपस्थिति रहेको  थियो ।

नेपालका हिमाली कन्दराहरूमा आजसम्म पनि हजारौं वर्ष प्राचीन तपस्वी ऋषिमुनिहरूको उपस्थिति छ । तिनै प्राचीन तपस्वीहरूमध्ये रसुवा जिल्लाका हिमाली कन्दरामा तपस्यारत साक्षात् शिवावतार शिवबाबाले हिमलयको विशिष्ट ध्यानपद्धतिलाई सरल सहज रूपमा आम जनमानसमा पुऱ्याउन शिवकृपानन्द स्वामीजीलाई आफ्नो प्रतिनिधि बनाइएको जनाइएको छ । उनका अनुसार हिमवत्खण्ड नेपाल विश्वको आध्यात्मिक भूगोलको सहस्रार चक्र हो । यस क्षेत्रमा साधना गर्नाले चेतनाको सर्वोच्च स्थिति सहजै प्राप्त गर्न सकिन्छ ।

शिवकृपानन्दको आध्यात्मिक आत्मकथामा उल्लेख भए अनुसार उनले शिवबाबा जस्ता ११ विशिष्ट गुरुहरूको तपोबल र आशीर्वाद प्राप्त भएको छ र तिनै  गुरुहरूले समाजमा आफ्नो ज्ञान बाड्न स्वामीजीलाई प्रतिनिधि बनाउनुभएको उल्लेख छ । उनी आफूलाई एक माध्यममात्र मान्दछन् । गुरुतत्त्वप्रति पूर्ण समर्पित भई ग्रहणशील भएर उनको सान्निध्यमा बस्दा हिमालयवासी सिद्धहरूको शक्ति साधकमा प्रवाहित हुन्छ । शिष्यले गुरुलाई नै परमात्मस्वरूप मानी पूर्ण समर्पित हुँदा गुरुको चैतन्य संस्कार ग्रहण गर्ने र ध्यानको उच्च अवस्था सहजै प्राप्त हुने यो ध्यानलाई हिमालयको समर्पण ध्यानयोग भनिएको छ । जसलाई छोटकरीमा हिमालयन मेडिटेसन नाम दिइएको छ । सोही शिविर आईतवार देवघाटमा आयोजना गरिएको हो ।

शिवकृपानन्दले गत मङ्सिर ७ गते नेपालका सांसद तथा विशिष्ट कर्मचारीहरूलाई पनि ध्यानयोग शिविर गराएका थिए । त्यसैगरी आगामी मङ्सिर १५ मा पोखरा रङ्गशालामा पनि शिविर हुने जानकारी आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक

देवघाटमा शिक्षकहरुको लागि तमु (गुरुङ) भाषा तथा खेमा लिपि प्रशिक्षण

देवघाट । साउन २० देवघाट गाउँपालिकाका विभिन्न विद्यालयहरूमा कार्यरत तमु जातीका शिक्षक–शिक्षिकाहरूका लागि तीन दिने