लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, दमौलीमा प्रभातफेरी र कोणसभा

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १०

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान सोमबारबाट सुरु भएको छ । नेपालमा यो अभियान यस वर्ष ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशैभर मनाइने भएको छ । तिनवटै तहका सरकारहरुले यो अभियानको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका हुन्छन् ।

यो अभियान लैङ्गिक हिंसाको अन्त्य गर्नका लागि सर्मपित एक बिश्वब्यापी अभियान हो । हरेक बर्षको नोभेम्बर २५ तारिख देखि यो अभियान शुभारम्भ भई अन्तराष्ट्रिय मानवअधिकार दिवस १० डिसेम्बरका दिन यस अभियानको समापन हुन्छ ।

यस अभियानको शुरुवात सन् १९८१ मा ल्याटिन अमेरिकाबाट डोमिनीकन गणतन्त्रका एकै परिवारका पेटिया, मिनार्मा र मारिया ३ दिदीबहिनीको हत्यासँग जोडिएको छ । यस घटनालाई लैंङ्गिक रुपमा गरिएको राजनैतिक हिंसाको रुपमा लिईन्छ । ३ दिदी बहिनी राजनैतिक कार्यकर्ता भई तत्कालिन त्रिजुलो तानाशाही सरकारको बिरुद्धमा लागि परेका थिए । उनीहरुलाई राज्यद्रोहको आरोप लागेको थियो । यसै आरोपमा २५ नोभेम्बरमा उनीहरुको सामूहिक हत्या गरिएको थियो । उनीहरुका शुभचिन्तकहरु हत्याको बिरोधमा आन्दोलनमा उत्रिए ।त्रिजुलोे सरकारको अन्त्य र स्वतन्त्र गणराज्य स्थापना सँगै सन् १९९१ मा डोमिनीकन गणराज्य र अन्य ७४ राष्ट्रले संयुक्त राष्ट्रसंघमा २५ नोभेम्बरलाई महिला बिरुद्ध हुने हिंसा उन्मूलन दिवसको रुपमा मनाउन प्रस्ताव पेश भयो । संयुक्त राष्ट्रसंघले उक्त प्रस्तावलाई पारित गरि सोही अनुसार यो अभियान विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

पछिल्लो समय नेपालमा पनि महिला हिंसाको घटनाहरु घट्ने क्रममा कुनै कमि आएको छैन । विभिन्न अध्ययनहरुका अनुसार संसारभरीका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरै जसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जिवनसाथीबाट भोगेका हुन्छन् । त्यस्तै संसारभरका ३५ प्रतिशत महिलाहरुले आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारको शारीरिक यो यौनजज्य हिंसाको शिकार भएका हुन्छन् ।

यो अभियान अन्तर्गत पहिलो दिन सोमबार सेतो रिवन वितरणको अभियान सुरु गरियो । सेतो रिबनलाई लैङ्गिक हिंसा बिरुद्धको प्रतिकको रुपमा लिइन्छ । त्यसैगरि अभियानको क्रममा विश्व एड्स दिवस, विश्व अपाङ्गता दिवस पनि मनाईन्छ । साथै अन्तिम दिन १० डिसेम्बरमा विश्व मानवअधिकार दिवस मनाई यो अभियान समापन गरिने कार्यक्रम रहेको छ ।

तनहुँका विभिन्न स्थानीय तहले १६ दिने अभियानको कार्यक्रम सुरु गरेका छन् । व्यास नगरपालिकाले सोमबार विहान दमौलीमा प्रभातफेरी, कोणसभा र सेतो रिवन वितरण गरि अभियानको सुरुवात गरेको छ । उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले लैङ्गिक हिंसा अन्त्यकोलागि सबै लाग्नु पर्नेमा जोड दिएका थिए ।
दमौलीमा आयोजित प्रभातफेरीमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु प्लेकार्ड सहित प्रस्तुत भएका थिए । कोणसभा पछि हिंसा गर्दिन, हिंसा गर्न दिन्न र हिंसा देखेमा प्रतिकार गर्नेछु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक