युवा अभियन्ता गफ्फारद्वारा विद्यार्थीलाई स्वेटर वितरण

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १०

दमौलीका युवा अभियन्ता मोहम्मद गफ्फारले बन्दिपुर गाउँपालिका–१ स्थित भंगेरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा स्वेटर वितरण गरेका छन् ।

गफ्फारले सोमबार विद्यालयमा अध्ययन गर्ने २५ जना विपन्न विद्यार्र्थीलाई स्वेटर र मोजा वितरण गरेका हुन् । गफ्फारको सहयोगपछि चिसोको कारण विद्यालय आउन नसक्ने विद्यार्थीहरुलाई राहत मिल्ने विद्यालयका प्रअ टिकाराम गिरीले बताए ।

तिहारमा देउसी भैलो खेलेर संकलित रकमबाट गफ्फारले जिल्लाका २ सय विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने भएका छन् । यस अघि उनले व्यास नपा–११ मुलपानी स्थित चन्डिका आधारभुत विद्यालयका २४ जना विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता