देवघाटमा अपाङ्गता अधिकार सम्बन्धि अभिमुखीकरण सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १३

अपाङ्गता महिला सशक्तिकरण समाज दमौली तनहुँको आयोजना तथा देवघाट गाउँपालिका र समाजिक विकास कार्यालय तनहुँको सहयोगमा बुधबार देवघाट गाउँपालिकामा अपाङ्गता अधिकार सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

समुदायमा आधारित पुनस्थापना (सिविआर) कार्यक्रम अन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिका सदस्यहरु एवं सरोकारवालाहरुको लागि उक्त अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले अपाङ्गता भएका व्यक्तिलाई हेय र दयाको दृष्टिले नभई सम्मानपुर्वक व्यवहार गर्नु पर्ने बताए । उनले देवघाट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई कुनै पनि क्षेत्रमा विभेद नगरेको बताए ।

सो कार्यक्रममा अपाङ्गता अधिकारकर्मी मदन पौडेल तथा अपाङ्गता महिला सशक्तिकरण समाजकी अध्यक्ष सावित्री सुवेदीले विभिन्न विषयमा सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु तथा विभिन्न वडाका अध्यक्ष एवं अन्य जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र