देवघाटमा उपभोक्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १७

देवघाट गाउँपालिकाको आयोजना एवं जिल्ला प्रशासन कार्यालय तनहुँको सहजिकरणमा सोमबार देवघाटमा उपभोक्त अधिकार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले उपभोक्ता अधिकार नागरिकको संबैधानिक अधिकार भएको हुँदा सबैले उक्त अधिकारको सम्मान गर्नुपर्ने बताए ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता भएको उक्त कार्यक्रममा पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गराज सुवेदीले उपभोक्ता अधिकारको बारेमा सहजिकरण गरेका थिए ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ, विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल गाउँपालिकाका विभिन्न वडाका उद्योगी, व्यापारी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय