घिरिङ गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २५

घिरिङ गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिक अवधिको सार्वजानिक सुनुवाई कार्यक्रम सोमबार गाउँपालिकाको प्राङ्गण पोखरीछापमा सम्पन्न भयो । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा गाउँपालिकाले सम्पादन गरेको विकास आयोजना, सेवा प्रवाह तथा बजेट खर्च लगायतको बारेमा सार्वजानिक सुनुवाई गरिएको थियो ।

उक्त सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ गाउँपालिकालाई सबै दृष्टिले सम्पन्न र समृद्ध बनाउन आफुहरु लागि परेको बताए । शिक्षाको गुणस्तरमा बृद्धी, १० शैयाको आधारभुत अस्पतालको निर्माण, कृषि र पशुपालनको व्यवसायीकरण तथा उत्पादनमा आधारित अनुदान, ग्रामिण सडकहरुको स्तरोन्नती, आन्तरिक आम्दानीमा बृद्धी, कृष्ण मार्गको कालोपत्रे गर्ने गर्ने गाउँपालिकाको मुख्य प्राथमिकतामा रहेको अध्यक्ष थापाले बताए ।

त्यसैगरि अदुवा प्रशोधन केन्द्र स्थापना, प्रतिबन्धित घाटहरुको सन्चालन, एक घर एक धारा, सुख्खा टारहरुमा सिंचाई, बेरुजु अन्त्य, एम्बुलेन्सको सहजता तथा कालिगन्डकी डाईभर्सन गर्न रोक लगाउने जस्ता कार्यहरुलाई पनि प्राथमिकता दिईएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाले सबै राजनीतिक दल, संघ संस्था तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरि काम भईरहेको जानकारी दिए ।
गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले सार्वजानिक सुनुवाई कार्यक्रमले गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी दिने र नागरिकहरुको सुझाव ग्रहण गर्न पाईने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले प्रथम चौमासिकको अवधिमा गाउँपालिकाबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी गराएका थिए । ढकालले पहिलो चौमासिकमा योजना छनौट र योजना सम्झौता, बेरुजु नियन्त्रण जस्ता कार्य नै प्राथमिकतामा पर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदका सदस्य विष्णुभक्त सिग्देलले गाउँपालिकाका परिपक्क नेतृत्व हुँदा कामहरु पनि राम्रो भएको बताए । सिग्देलले भौतिक पुर्वाधारमा जोड दिनुपर्ने, कृष्णमार्गलाई कालोपत्रे गर्न पहल गरिनुपर्ने, आन्तरिक आम्दानीलाई बढाउन पहल गर्नुपर्ने, गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, शालिग्राम करिडोरको गुणस्तरमा ध्यान दिनुपर्ने, स्वच्छ खानेपानी तथा एक घर एक धारामा जोड दिनुपर्ने, युवा पलायन रोक्नुपर्ने, स्थानीय कला र संस्कृतीको संरक्षण गर्नुपर्ने, ठुला फाँटहरुमा सिंचाई सुविधा लैजानु पर्ने तथा घिरिङ गाउँपालिकाको जिवनसँग जोडिएको कालिगन्डकी डाइभर्सनको योजनालाई रोक्नुपर्ने जस्ता सुझावहरु दिएका थिए ।

गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर रानाले विकास निर्माणको कामलाई ध्यान दिनुपर्ने, गाउँमा नै बस्ने वातावरण बनाउनुपर्ने, होमस्टे प्रबद्र्धन मार्फत पर्यटनको प्रबद्र्धन गर्नुपर्ने तथा बाँदर आतंकको समस्या समाधानको लागि पहल गर्नु पर्ने बताए ।

उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य इन्द्र थापा, एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमनकुमार श्रेष्ठ, नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापती यामबहादुर थापा, नेकपा माओवादीका गाउँ कमिटिका सचिव हरिहर अधिकारी, कृष्ण माविका प्रअ ध्रुवराज सिग्देल, चन्द्रज्योती माविका व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापा, पुर्व वडा अध्यक्ष रणबहादुर गुरुङ, घिरिङ बहुउद्देश्यिय सहकारी संस्थाका अध्यक्ष मनबहादुर राना, युवा कृषक मनिष थापा, शिक्षक शुशिलकुमार श्रेष्ठ लगायतले विभिन्न विषयमा सुझाव तथा जिज्ञासाहरु राखेका थिए । उक्त कार्यक्रमको सहजिकरण लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय