देवघाटका जनप्रतिनिधिलाई जलवायु उत्थानशिल कार्य सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर २९

गैर सरकारी संस्था महासंघ तनहुँ शाखाको आयोजनामा देवघाट गाउँपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार गाउँपालिकाको सभाहलमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न देवघाट गाउँपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । उनले गाउँपालिकाको आगामी वर्षका नीति तथा कार्यक्रममा यस सम्बन्धि कार्यक्रम ल्याईने बताए । प्राकृतिक श्रोतको अबैध उत्खनन रोक्नकोलागि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने अध्यक्ष थापाले बताए । जलवायु परिवर्तनलाई अनुकलुतामा बदल्न स्थानीय नागरिक स्वयंले पनि भुमिका खेल्नुपर्ने अध्यक्ष थापाले बताए ।

गैरसरकारी संस्था महासंघ तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु, देवघाट महिला सन्जालकी अध्यक्ष राधा खनाल, देवघाटधाम जेसिजका महासचिव प्रशन्न ढकाल, मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरी, देवघाट गाउँपालिकाका पशुपन्छी शाखाका प्रमुख डा.सम्राट अधिकारी लगायतले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।

उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् । उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा देवघाटका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि र अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण