पत्रकार महासंघ चितवनको अध्यक्षमा पराजुली

Devghat Online

शेयर गरौ

चितवन, मंसिर २९

नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा पराजुली अध्यक्षमा निर्वाचित भएका हुन् । मतदानमा २२३ मत खसेकोमा पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भए भने कोषाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भए ।

सदस्यहरुमा (आदिवासी जनजाती) मा सुनिलकुमार श्रेष्ठ र सदस्य (दलित) मा सरोज उपरकोटी निर्विरोध निर्वाचित भएका थिए । सदस्य (महिला) मा अस्मिता पराजुली र सदस्य (खुल्ला) मा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्री प्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), सुशिल पन्त र हेमराज रिमाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण