पत्रकार महासंघ चितवनको अध्यक्षमा पराजुली

Devghat Online

शेयर गरौ

चितवन, मंसिर २९

नेपाल पत्रकार महासंघ चितवन शाखाको अध्यक्षमा बसन्तराज पराजुली निर्वाचित भएका छन् । शुक्रवार भएको निर्वाचनमा पराजुली अध्यक्षमा निर्वाचित भएका हुन् । मतदानमा २२३ मत खसेकोमा पराजुलीले १३२ मत प्राप्त गरे भने अध्यक्षका प्रत्यासी प्रकाशमणी ज्ञवालीले ९० मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा दीपेन्द्र अधिकारी र शान्ता अधिकारी र सचिवमा राजेश घिमिरे यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सह–सचिवमा खुलातर्फ रविना पौडेल र समावेशीतर्फ राजु चौधरी निर्वाचित भए भने कोषाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भए ।

सदस्यहरुमा (आदिवासी जनजाती) मा सुनिलकुमार श्रेष्ठ र सदस्य (दलित) मा सरोज उपरकोटी निर्विरोध निर्वाचित भएका थिए । सदस्य (महिला) मा अस्मिता पराजुली र सदस्य (खुल्ला) मा कुलप्रसाद काफ्ले, केशव भट्टराई, राजु सापकोटा, बद्री प्रसाद अर्याल, रोहिणी त्रिपाठी, सनद अधिकारी, सुदन पौडेल, सुरेन्द्र पौडेल (सुरज), सुशिल पन्त र हेमराज रिमाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले