मुक्ति समाज म्याग्देको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दे गाउँ कमिटिको दोश्रो अधिवेशन शनिबार सम्पन्न भयो । उक्त अधिवेशनको नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

गाउँ कमिटिका अध्यक्ष ध्रुव नेपालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठ, मुक्ति समाज केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज मोहन बिश्वकर्मा, मुक्ति समाज केन्दीय सदस्य एवं नेकपा एमाले जिल्ला कमिटि उपसचिव सुनिता नेपाली, मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे, नेकपा एमाले म्याग्दे गाउँ कमिटी अध्यक्ष द्वारिकानाथ घिमिरे, मुक्ति समाज प्रदेश कमिटी सदस्य रिता नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन फुलमाया नेपालीले गरेकी थिइन् भने स्वागत मन्तव्य मुक्ति गाउँ कमिटिका उपाध्यक्ष खोपबहादुर बिकले गरेका थिए ।सो अधिवेशनले पुनः ध्रुव बहादुर नेपालीको अध्यक्षतामा २१ सदस्य गाउँ कमिटि गठन गरेको मुक्ति समाज तनहुँका अध्यक्ष भरत लामगादेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल