मुक्ति समाज म्याग्देको अधिवेशन सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, मंसिर ३०

नेकपा एमालेको जनसंगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दे गाउँ कमिटिको दोश्रो अधिवेशन शनिबार सम्पन्न भयो । उक्त अधिवेशनको नेकपा एमाले गन्डकी प्रदेश कमिटिका सदस्य श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

गाउँ कमिटिका अध्यक्ष ध्रुव नेपालीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठ, मुक्ति समाज केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज मोहन बिश्वकर्मा, मुक्ति समाज केन्दीय सदस्य एवं नेकपा एमाले जिल्ला कमिटि उपसचिव सुनिता नेपाली, मुक्ति समाजका जिल्ला अध्यक्ष भरत लामगादे, नेकपा एमाले म्याग्दे गाउँ कमिटी अध्यक्ष द्वारिकानाथ घिमिरे, मुक्ति समाज प्रदेश कमिटी सदस्य रिता नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सन्चालन फुलमाया नेपालीले गरेकी थिइन् भने स्वागत मन्तव्य मुक्ति गाउँ कमिटिका उपाध्यक्ष खोपबहादुर बिकले गरेका थिए ।सो अधिवेशनले पुनः ध्रुव बहादुर नेपालीको अध्यक्षतामा २१ सदस्य गाउँ कमिटि गठन गरेको मुक्ति समाज तनहुँका अध्यक्ष भरत लामगादेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले