म्याग्देको थर्पु अस्पतालमा दन्त शिविर

Devghat Online

शेयर गरौ

दमौली, पुुस १

म्याग्दे गाउँपालिकाको थर्पु अस्पतालमा सोमबारदेखी दन्त परिक्षण शिविर आयोजना गरिएको छ । म्याग्दे गाउँपालिका र नेलम्बो नेपाल गैद्वापाटन पोखरा विच भएको सहमती अनुसार गाउँपालिकामा रहेका दांत सम्बन्धी समस्या भएका नागरिकहरुको दन्त परिक्षण गर्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै अध्यक्ष थापाले गाउँपालिकाबासीहरुको सेवा गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए । म्याग्दे गाउँपालिकाले गत आवमा मा मृगौला तथा आँखाको मोतियविन्दुको स्थानीय स्तरमा नै उपचार गरिएको र यसको स्थानीयवासीहरुले प्रभावकारी सेवा प्राप्त गरेको हँुदा चालु आवमा दन्त शिविर आयोजना गरिएको बताए । शिविर उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

शिविरमा दांतको एक्सरे, दांत सफा गर्ने, दांत भर्ने, दांत निकाल्ने, दाँतको जरै देखिको उपचार, गिजाको उपचार, लगायत दांत रोग सम्बन्धी औषधी वितरण समेत गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

सोमबार वडा नम्बर १ र २ बासी, मंगलबार वडा नम्बर ३ र ४ बासी, बुधबार वडा नम्बर ५ र ६ बासी तथा विहिबार वडा नम्बर ७ तथा शुक्रबार अन्य छुटफुट भएका नागरिकलाई शिविरमा सेवा दिईने गाउँपालिकाले जनाएको छ ।

शिविरमा पहिला आउने विरामीलाई पहिलो प्राथमिकता दिईने तथा एक दिनमा ६० जना दाँतका विरामीलाई मात्र उपचार सेवा दिन सकिने भएकोले नाम दर्तामा ६० जना पुगेपछी उक्त दिनको विरामी दार्ता बन्द गरिने गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास