आँबुखैरेनी अस्पताललाई स्वास्थ्य मन्त्रालयद्वारा उपकरण, डायलसिस र सुत्केरी सेवा अनुमति

Devghat Online

शेयर गरौ

दमौली, पुस १

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमका लागि स्वीकृति दिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानसहितका जनप्रतिनिधिहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको सेवा वृद्धिमा सघाउने प्रतिबद्धता जनाएका थिए ।

सोहीअनुसार मन्त्री पौडेलले मन्त्रालय अन्र्तगतको परिवार कल्याण महाशाखामार्फत अस्पताललाई स्वीकृति दिन भनेका थिए । अनुगमनपश्चात हालै स्वीकृति प्राप्त भएको जानकारी प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले यस पहलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पोडेललाई धन्यवाद ज्ञापन गरेका छन् । यो सेवा थपिए पछि सुत्केरीको शल्यक्रिया सेवाका लािग बजारबाहिर जानु पर्ने अवस्था हट्ने उनले बताए ।

मन्त्री पौडेलले अस्पतालमा डायलसिस सेवाका लागि समेत अनुमति दिलाएका थिए । अस्पतालका लागि आवश्यक केही उपकरणसमेत मन्त्रालयले उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास