बन्दीपुर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण सुरु

Devghat Online

शेयर गरौ

दमौली, पुस २

बन्दीपुर गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा परिचयपत्र वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङले संयुक्त रुपमा गाउँपालिकाको वडा नम्बर ४ का आनन्दबान जोशीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।

मङ्गलबार गाउँपालिका परिसरमा जोशी सहित पाँच जनालाई परिचयपत्र वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट बन्दीपुरमा २६०४ वटा परिचयपत्र आएको छ । अब केही दिनभित्र पाइक पर्नेले गाउँपालिकाबाटै र अन्यलाई वडाबाटै परिचयपत्र वितरण गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताएका छन् ।

यसैगरि सोमबारबाट देवघाट गाउँपालिकाबाट पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय तनहुँले स्थानीय तहको कार्यालयबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने भनी यस अघि सुचना प्रकाशन गरेको थियो । यसकोलागि कार्यालयमा प्राप्त भएको परिचय पत्र पालिकाहरुमा पठाई वितरण कार्यको तयारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका सबै राष्ट्रिय परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको हुँदा अर्काे सुचना जारी नहुँदासम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको