दुईपिप्लेमा प्रथम मध्यनेपाल महोत्सव हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस २

लमजुङको मध्यनेपाल नगरपालिकाको दुईपिप्लेमा आगामी पौष २४ देखी माघ ३ गतेसम्म प्रथम मध्यनेपाल महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल बजार इकाईको आयोजनामा उक्त महोत्सव आयोजना गरिएको हो ।

 

महोत्सवमा उत्पादक कृषि, घरेलु एवं व्यसायीक प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, ख्याती प्राप्त हास्यकलाकारहरुको हास्य व्यंग्य प्रस्तुती, मनोरन्जनकालागि बाल उद्यान र रमाईलो मेला, हस्तकला प्रर्दशनी तथा विद्यालय स्तरीय नृत्य प्रर्दशनी हुने महोत्सव मुल समारोह समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल बजार इकाईका सभापती रमेशचन्द्र शर्माले बताए ।

त्यसैगरि पर्यटकीय एवं धार्मिक स्थलहरुको अवलोकन, आदिवासी जनजातीको संग्रहालयको अवलकोलन एवं खाना महोत्सव, खुल्ला लोक दोहोरी गीत, नृत्य तथा सांस्कृति कार्यक्रम र विभिन्न जानजातीहरुको भेषभुषा एवं संस्कृति झल्काउने झाँकीको प्रर्दशनी हुने महोत्सवका संयोजक शर्माले बताए ।

‘स्थानीय उत्पादन, पर्यटन तथा पुर्वाधारः मौलीक कला र संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मुल मुल नाराका साथ हुने उक्त महोत्सवको संरक्षकमा मध्यनेपाल नगरपालिका तथा सहयोगी संस्थामा लमजुङ उद्योग बणिज्य संघ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि