दुईपिप्लेमा प्रथम मध्यनेपाल महोत्सव हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस २

लमजुङको मध्यनेपाल नगरपालिकाको दुईपिप्लेमा आगामी पौष २४ देखी माघ ३ गतेसम्म प्रथम मध्यनेपाल महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल बजार इकाईको आयोजनामा उक्त महोत्सव आयोजना गरिएको हो ।

 

महोत्सवमा उत्पादक कृषि, घरेलु एवं व्यसायीक प्रर्दशनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, ख्याती प्राप्त हास्यकलाकारहरुको हास्य व्यंग्य प्रस्तुती, मनोरन्जनकालागि बाल उद्यान र रमाईलो मेला, हस्तकला प्रर्दशनी तथा विद्यालय स्तरीय नृत्य प्रर्दशनी हुने महोत्सव मुल समारोह समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ दुईपिप्ले सोतीपसल बजार इकाईका सभापती रमेशचन्द्र शर्माले बताए ।

त्यसैगरि पर्यटकीय एवं धार्मिक स्थलहरुको अवलोकन, आदिवासी जनजातीको संग्रहालयको अवलकोलन एवं खाना महोत्सव, खुल्ला लोक दोहोरी गीत, नृत्य तथा सांस्कृति कार्यक्रम र विभिन्न जानजातीहरुको भेषभुषा एवं संस्कृति झल्काउने झाँकीको प्रर्दशनी हुने महोत्सवका संयोजक शर्माले बताए ।

‘स्थानीय उत्पादन, पर्यटन तथा पुर्वाधारः मौलीक कला र संस्कृति समृद्ध मध्यनेपालको आधार’ भन्ने मुल मुल नाराका साथ हुने उक्त महोत्सवको संरक्षकमा मध्यनेपाल नगरपालिका तथा सहयोगी संस्थामा लमजुङ उद्योग बणिज्य संघ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको