शुक्लागन्डकीका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण

Devghat Online

शेयर गरौ

दमौली, पुस ४

गैर सरकारी संस्था महासंघ तनहुँ शाखाको आयोजनामा शुक्लागन्डकी नगरपालिकाका जनप्रतिनिधिहरुकोलागि जलवायु उत्थानशील कार्य सुदृढिकरण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम विहिबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बोल्दै शुक्लागन्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विकले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न देवघाट गाउँपालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताए । जलवायु परिवर्तनलाई अनुकलुतामा बदल्न स्थानीय नागरिक स्वयंले पनि भुमिका खेल्नुपर्ने उपमेयर विकले बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले प्राकृतिक श्रोतको अबैध उत्खनन रोक्नकोलागि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताए । जलवायुमैत्री कानुन र संरचना निर्माण गर्ने नगरपालिकाको प्राथमिकता रहेको उनले बताए ।

गैरसरकारी संस्था महासंघ तनहुँकी कोषाध्यक्ष सरस्वती सिग्देलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरु तथा कार्यपालिकाका सदस्यहरुले जलवायु परिवर्तनले समुदायमा परेको असरहरुको बारेमा धारणा राखेका थिए ।

उक्त कार्यक्रममा गैसस महासंघ तनहुँकी सचिव सरिता भण्डारीले जलवायु उत्थानशील विकासको बारेमा सहजिकरण प्रस्तुत गरेकी थिइन् । उक्त अवसरमा जलवायु परिवर्तनको कारण, जलवायु परिवर्तनले पारेको असर र प्रभाव तथा जलवायु अनुकुलताको उत्थानशील अभ्यासहरुको बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र