मानवअधिकार सन्जाल तनहुँ पुनर्गठन, संयोजकमा इन्सेक प्रतिनिधि भट्टराई चयन

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

मानवअधिकार सन्जाल तनहुँको पुनर्गठन गरिएको छ । तनहुँमा क्रियाशिल मानवअधिकारसँग सम्बन्धित संघ संस्थाहरुको शुक्रबार दमौलीमा भएको भेलाले सन्जालको पुनर्गठन गरेको हो । उक्त भेलाले मानवअधिकार सन्जाल तनहुँको संयोजकमा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई चयन गरेको छ ।

सन्जालको सदस्यहरुमा गैसस महासंघ, महिला मानवअधिकार रक्षक सन्जाल, मानवअधिकार एलायन्स, गैसस समन्वय समिति, नेपाल पत्रकार महासंघ, संयुक्त दलित उत्थान मन्च, तनहुँ सहयोगी समुह, एकिकृत महिला समुह, एकल महिला समाज, रिसेड, सह्रदयी मन्च, नेपाल बार एसोसियसन, काहुराष्ट्र, नेपाल मानवअधिकार संगठन, ग्रामिण सशक्तिकरण समाज, सेतो गुराँस बाल विकास सेवा, क्रियाशिल पत्रकार महिला, सन्चारिका समुह, आदिवासी जनजाती महासंघ, जिल्ला बाल सन्जाल, मानवअधिकार तथा कैदीबन्दी सरोकार समाज रहेका छन् ।

उक्त भेलाले सन्जालमा आवद्ध हुन बाँकी रहेको संघ संस्थाहरुसँग समन्वय गरि सन्जाललाई अझ विस्तार गर्ने र मानवअधिकार संरक्षण र सम्बद्र्धनमा सामुहिक धारणा बनाउने तथा सामुहिक आवाज उठाउने निर्णय भएको सन्जालकी सदस्य तथा महिला मानवअधिकार रक्षक सन्जालकी अध्यक्ष कल्पना पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको