घिरिङमा नसर्ने रोगको मास स्क्रिनिङ्ग सम्बन्धि निशुल्क शिविर सन्चालन हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

घिरिङ गाउँपालिकामा नसर्ने रोग मास स्क्रिनिङ्ग सम्बन्धि निशुल्क शिविर संचालन हुने भएको छ । घिरिङ गाउँपालिका र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको संयुक्त आयोजनामा हुने सो शिविर वडा नं ३ को सुन्धारा स्वास्थ्य चौकिमा हुन लागेको हो । शिविरमा ४० वर्ष माथिको उमेर समुहका सबै नागरिकले स्वास्थ्य परिक्षण गराएर सेवा लिन सक्नेछन ।

यहि पुस महिनाको ९ गते मंगलबारका दिन बिहान ८ बजे देखि २ बजे सम्म संचालन हुने शिविरमा सहभागी भएर नमुना संकलन गराउन गाउँपालिकाले बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।

उक्त शिविर लाई जि.पि. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको प्राविधिक सहयोग रहेको छ । शिविरमा विशेषज्ञ डाक्टर र नर्सहरु बाट सुगर, मृगौला, कोल्स्ट्रोल, मुटु लगायत अन्य परिक्षण गर्न तथा परामर्श लिन सकिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए । साथै उक्त स्वास्थ्य परिक्षणको रिपोर्ट लिनको लागि १० गते पुन उपस्थिति हुनुपर्ने रिमालले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक