थानी आधारभूत विद्यालयका विद्यार्थीलाई गुरुङद्वारा पोसाक वितरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, पुस ५

घिरिङ गाउँपालिका–३ नेवापानी स्थित थानी आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई रामचन्द्र गुरुङ र पत्नी हयन ओ ले बिद्यार्थी पोसाक तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् ।  हाल अष्ट्रेलियामा रहेका गुरुङले करिब १ लाख बराबरको उक्त सामाग्री उनका पिता पर्शुराम गुरुङ्ग र माता तिल कुमारी गुरुङ्ग मार्फत बितरण गरेका हुन् ।

बिहिवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि गुरुङ दम्पतीले २२ जना बिद्यार्थीहरुलाई ट्रयाकसुट सेट, जुत्ता, झोला र कापी कलम हस्तान्तरण गरेका हुन् । यहि गाउँपालिका वडा नम्बर ५ को सरस्वती माध्यमिक बिद्यालयका पुर्ब प्रधानाध्यापक समेत रहेका पर्शुराम गुरुङले सामाग्री हस्तान्तरण गर्दै बिद्यार्थीहरुको उज्ज्वल भबिष्य र बिधालयको प्रगतिको कामना गरेका छन् ।

उनले उक्त बिधालयको स्थापना गर्दा विभिन्न अबरोध झेल्नु परेको स्मरण गर्दै हाल सम्मको अबस्थामा आइपुग्दा बिधालयको भौतिक संरचना र शैक्षिक गुणस्तरमा समेत उपलब्धि देखिएको बताए । गुरुङले जाडो मौसमलाई लक्षित गरि बितरण गरिएको पोसाकले बिद्यार्थीहरुलाई राहत मिल्ने बिश्वास गरेको जनाए ।

सो कार्यक्रमका अध्यक्ष तथा बिधालय ब्यवस्थापन समितीका अध्यक्ष रण बहादुर गुरुङले अभिभावक र विभिन्न ब्यक्तित्व हरुको सहयोगको कारण मर्ज हुन बाट जोगिएकोले स्थानीय बिद्यार्थी लाभान्वित भएको बताए । साथै बिधालयको तर्फ बाट सहयोगी गुरुङ परिवारलाई धन्यवाद ब्यक्त गर्दै सम्मान पत्र प्रदान गरेका थिए । पोसाक पाए पछि बिद्यार्थीहरुमा खुसी छाएको छ ।

उक्त कार्यक्रममा बिशिस्ट अतिथी वडा–३ का सदस्य लोक गुरुङ, गुरुङ समाज भिमादका अध्यक्ष धर्म वीर गुरुङ, पुर्व बिधालय ब्यवस्थापन समिती अध्यक्ष डिल बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । बिधालयका प्रधानाध्यापक हिरा सिं थापाले कार्यक्रम सन्चालन गरेका थिए भने शिक्षिका मामिला थापाले स्वागत मन्तब्य राखेकी थिइन साथमा नेवापानी नौमती बाजा समुह द्वारा स्वागत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको