सरकारी कागज छाप किर्ते र सवारी ज्यान मुद्धामा फरार रहेका प्रतिवादी पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

सरकारी छाप किर्ते र सवारी ज्यान मुद्धामा फरार रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाँउपालिका वडा नम्बर ४ बस्ने राजन कुमार श्रेष्ठ रहेका छन् ।

तनहुँ जिल्ला अदालतको फैसलाले सरकारी छाप किर्ते र सवारी ज्यान मुद्धामा दोषी ठहर भई सजाय तोकिएका श्रेष्ठले सजाय भुक्तानी नगरि फरार रहेका थिए । उनलाई खोज तलास गर्ने क्रममा शुक्रबार आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अशोक थापाले बताए ।

जिल्ला अदालतको गत २०७७ फागुन २६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ महिना २३ दिन कैद र चार लाख पैतिस हजार दुई सय रुपैया जरिवाना र सरकारी कागज छाप किर्ते मुद्दामा ११ महिना २३ दिन कैद बिस हजार चार सय रूपैया जरिवाना तोकिएकोमा श्रेष्ठ उक्त दुबै सजाय भुक्तान नगरि हालसम्म फरार रहेको हुँदा उनलाई पक्राउ गरि सजाय र जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको