भीम रावल एमाले साधारण सदस्यबाटै निष्कासित, पाण्डे र तिमिल्सेना निलम्बन

Devghat Online

शेयर गरौ

काठमाडौं, पुस १०

नेकपा एमालेका नेता भीम रावल पार्टी साधारण सदस्यबाटै निष्कासित भएका छन् । बुधबार बसेको एमाले सचिवालय बैठकले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।

रावल लामो समयदेखि एमालेमा निष्क्रिय बसेका थिए । चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि एमालेमा निष्क्रिय थिए ।

रावललाई एमालेमा सक्रिय बनाउन भन्दै ओलीले यसअघि कार्यदल नै बनाई वार्तासमेत गरेका थिए । तर, सो वार्ता एकपटक मात्र भएको थियो । रावल प्रधानमन्त्री तथा अध्यक्ष ओलीको एक आलोचक थिए ।

यस्तै सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई पनि ६ महिनाका लागि निलम्बन गरिएको हो । पाण्डे र तिमिल्सेनालाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले दिएको जग्गादानबारे विरोध जनाएका थिए । सोही कारण उनीहरूमाथि कारबाही भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी