प्रथम भानु नगर महोत्सव सुरु

Devghat Online

शेयर गरौ

दमौली, पुस ९

तनहुँको भानु नपा–१ भन्सारमा मंगलबारबाट प्रथम भानु नगर महोत्सव सुरु भएको छ । ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको प्रबद्र्धनमा भएको उक्त महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गरे । महोत्सव आगामी पुस १९ गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथी अध्यक्ष ढकालले प्रथम भानु नगर महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो भानुको साहित्यिक तीर्थस्थलको प्रवद्र्धनमा टेवा पुग्ने बताए । अध्यक्ष ढकालले भानुमा आयोजना गरिएको महोत्सवले यस क्षेत्रको अर्थतन्त्रलाई चलायमान गर्न समेत निकै मद्धत पुग्ने बताएका थिए ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, तनहुँ उद्योग वाणिज्य संघ तनहुँ बैकुण्ठ मिश्र लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले शुभकामना राखेका थिए । महोत्सव सुरु हुनु अगाडि विभिन्न जातजाति र समूहले झाँकी प्रस्तुत गरेका थिए ।

महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास आयोजकले गरेको छ । महोत्सवले भानुको जन्मथलो चुँदी रम्घाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका संयोजक कृष्णकुमार श्रेष्ठले बताए । भानु नगरपालिका क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकता दिने समेत संयोजक श्रेष्ठले बताए ।

भानु नगर उद्योग वाणिज्य संघका महासचिब कृष्ण कोईरालाले महोत्सवमा कृषि प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, औद्योगिक लगायतका प्रदर्शनीका लागि १२० वटा स्टलहरु रहेको जानकारी दिए । कोईरालाका अनुसार एक लाख भन्दा बढी पर्यटकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित कृषि उपज र स्थानीय कला संरक्षणमा सहयोग पुग्नुका साथै आर्थिक कारोवारमा चहलपहल हुने भानुका नगरप्रमुख आनन्द त्रिपाठीले बताए ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई भाषिक धामको रुपमा विकास गर्न नगरपालिकाले पहलकदमी गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । महोत्सवबाट भएको आम्दानीले नगर उद्योग वाणिज्य संघको अधूरो भवन निर्माणमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा