के हो देवघाट महा–महोत्सव ? स्थानीयको खै सहभागिता ?

Devghat Online

शेयर गरौ

           केशवचन्द्र न्यौपाने   

 देवघाट महा–महोत्सव, महा–महोत्सव भनेको के हो ? यसको आयोजक को हुन सक्छ ? स्थानीय सरकार प्रदेश सरकार केन्द्रिय सरकार वा कुनै व्यक्ति संघ सस्था, मठ मन्दिर कुनै एकल प्रयास मात्र कि सबैको साझेदारीमा ?

देवघाट महा–महोत्सव समग्र देवघाट धामको प्रचारप्रसार लागि हो वा कुनै एकल क्षेत्रले पैसा संकलनको मात्र आयोजना गरिएको हो ? मातापिता आश्रम निर्माणका लागि आर्थिक सहयोग संकलन मात्र हो भने किन मातापिता आश्रम निर्माण महायज्ञ भनी अगाडी बढ्नु पर्नेमा किन तेसो हुन सकेन ।

साच्चै देवघाट महामहोत्सव नै गर्न खोजिएको हो भने देवघाटमा रहेका वारिपारिका देव देवि, मठ मन्दिर गुम्बा गुफा यहाँ रहेका आश्रम लगाएत क्षेत्र समेटेर पोष्टर, पम्पप्लेट, ब्यानर साथै देवघाटको बृतचित्र तयार गरि प्रचार प्रसार गरेको देख्न किन पाउन सकिएन ?

देवघाट महामहोत्सव भनी रहदा स्थानीय सरकार मठमन्दिर आश्रम नागरिक समाजले सामाजिक सन्जाल मात्र हेरेर थाहा पाउनपर्ने, बस्नुपर्ने माथि उल्लेखित सबै त्यो महोत्सवको व्यबस्थापन कार्यकारी भुमिकामा रहन पर्ने हैन र ?

स्थानीय जनशक्ति युवा स्वयंसेवक मातृ जनशक्ती अन्यत्र आवश्यक जनशक्तिको भुमिका बिहिन बनाएर देवघाट महा–महोत्सव हुन सक्ला ? देवघाटमा रहेका सम्पदा आदिवासी जन जातिको पहिचान नै समावेश नगरिएको महा–महोत्सव कसरी हुनसक्छ ? महा–महोत्सवको आयोजक मुल समिती कति सदस्य रहेको छ, उपसमिति कतिवटा छन् ? मुलसमितीको संयोजक स्थानीय सरकारहरु हुन वा अन्य हुन साथै यी समितीहरुमा स्थानीय सरोकार वलाहरुको समावेश छ की छैन गर्नु पर्छ कि पर्दैन ?

महोत्सवको प्रचार प्रसार गर्दा समग्र देवघाटको सम्पदाहरुको फोटो खिची तस्बिर राखेर पर्चा किन हुन सकि राखेको छैन । साथै महोत्सवमा सहभागिले हेर्न नै पर्ने दर्शन गर्न नै पर्ने छुटाउन नहुने स्थानहरुलाई परिक्रमा गर्ने मार्ग निर्धारण किन गरिएको छैन । आर्थिक पारदर्शी पिल्लर कस्तो कस्तो तयार गर्नु पर्छ र आर्थिक परिचालन उपसमितिमा स्थानीय सरोकार वालाहरु समितिमा रहन पर्ने मा त्यो किन हुन सकेको छैन । आवश्यक खाद्यबस्तु सागसब्जी, तरुल, पिँडालु, मास दाहाल, दूध, घ्यु दुना पातजस्ता आवश्यक चिज यसै क्षेत्रको खपत गर्ने योजना बनाउन पर्नेमा त्यता त्यस्तो कुनै ध्यान दिइएको पाइएको छैन ।

देवघाट महा–महोत्सव भनिरहँदा देवघाटका नागरिकको के भुमिका रहने, कुन आश्रममा, के कार्यक्रम हवनन, पुजा, अनुष्ठान अठार पुराण कसले के सन्चालन गर्ने भन्ने विषय नै उठान गरेको देखिदैन । स्थानिय वारिपारी रहनु भएको ब्यापारी दाजुभाइहरुको व्यापार वृद्धि कसरी गर्न सकिन्छ साथै सहभागी हरुले सर्वसुलभ उपभोग गर्ने वातावरण तयार गर्न कुनै पहल गरिएको देखिएको छैन ।

आज महोत्सव लगाईराख्दा भोलि जे कामपूरा गर्न सकिन्छ जे गर्ने हो त्यहि मात्र प्रचार गर्न नसक्ने ठुला कुरा अहिलेलाई गरेर मान्छेलाई न झुक्कउ नढाँटौ । यस्तो हुन गयो भने ॐ कार परिवार देवघाटधामको नै गरिमा आँच आउने हुदा यस्तो नगरुँ । देवघाटको पवित्र भुमि सबै दिब्य धाम हो । तसर्थ यस क्षेत्र रहेका मठ मन्दिर काली गण्डकी सप्त गण्डकीको संरक्षण गर्न महोत्सवलाई केन्द्रित गर्न जोड दिउँ यो नै दिब्य धाम हुनेछ ।

देवघाट क्षेत्रमा आर्थिकपार्जनको उदेश्यले लगाइने हरेक महायज्ञको बचेको शेषबाट स्थानीय सरकारलाई १० प्रतिशत लिने ब्यबस्था मिलाउदै उक्त रकम देवघाटमा रहि ओझेलमा रहेका मन्दिरहरुको जगेर्ना, साथै शिक्षा क्षेत्रको विकासमा लगानी गर्ने गरि योजना बनाउन स्थानीय सरकारको भुमिका हुन पर्ने देखिन्छ ।

यि विषय समाबेस गर्न महोत्सव आयोजक स्थानीय सरकारलाई अनुरोध गर्दै यी विषय समाबेश भए पश्चात् गरिमामय महा–महोत्सव हामी सबै देबघाटबासीको महोत्सव हुने छ । यसलाई सफल पार्न हामी देवघाटवासीको ठूलो भुमिका हुनुपर्नेछ र हुनेछ भन्दै सबै सरोकार वालाहरुसँग अपिल गर्न चाहान्छु ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता