म्याग्देमा नयाँ गाडी खरिद गर्ने निर्णय रद्ध

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

म्याग्दे गाउँपालिकामा नयाँ गाडी खरिद गर्ने निर्णय रद्ध भएको छ । गाउँ कार्यपालिकाको बहुमतले पदाधिकारी चढ्नकोलागि नयाँ गाडी खरिद गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले नयाँ गाडी खरिद प्रक्रिया सुरु गर्दै टेन्डरको सुचना समेत प्रकाशित गरिसकेको थियो ।

गाडी खरिद प्रक्रिया सुरु भईसकेपछि स्थानीय नागरिक समाजको असन्तुष्टि सार्वजानिक भएसँगै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त गाडी खरिद प्रक्रिया रोकेका छन् ।

अहिले भएकै गाडीलाई मर्मत सम्भार गरि प्रयोग गर्ने र गाडी खरिद गर्ने रकमले विकास निर्माण र सुशासनको क्षेत्रमा काम गर्ने गरि गाडी खरिद प्रक्रिया हाललाई रोकिएको अध्यक्ष श्रेष्ठले बताए ।

केही दिन अघि भएको गाउँ सभाको बैठकमा अध्यक्ष श्रेष्ठको प्रस्ताव अनुसार गाडी खरिद प्रक्रिया रद्ध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता