नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँ शाखा को १० औं वार्षिक साधारण सभा दमौलीमा सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महासंघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण पोखरेलले व्यवसायी एकता र हितका लागी महासंघ का विविध अभियान बारे आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, शाखाका पुर्व अध्यक्ष दामोदर मिश्र, शाखाकी सदस्य सावित्री रानाभाटले मन्तव्य राखेका थिए ।

शाखा सचिव कमल गैह्रेले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष रामकृष्ण न्यौपानेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुरज बुढाठोकीले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि