नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ तनहुँ शाखा को १० औं वार्षिक साधारण सभा दमौलीमा सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष रामचन्द्र सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महासंघका गण्डकी प्रदेश अध्यक्ष कृष्ण पोखरेलले व्यवसायी एकता र हितका लागी महासंघ का विविध अभियान बारे आफ्नो धारणा राखेका थिए ।

सो कार्यक्रममा महासंघका केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, शाखाका पुर्व अध्यक्ष दामोदर मिश्र, शाखाकी सदस्य सावित्री रानाभाटले मन्तव्य राखेका थिए ।

शाखा सचिव कमल गैह्रेले सन्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य शाखाका उपाध्यक्ष रामकृष्ण न्यौपानेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुरज बुढाठोकीले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता