म्याग्दे गाउँपालिकाले चारधाम निर्माण गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको चारधाम अव तनहुँको म्याग्दे गाउँपालिकामा पनि निर्माण हुने भएको छ । चारधाम निर्माण गर्ने बारेमा शुक्रबार भएको सरोकारवालाहरुको बृहत भेलाले वडा नम्बर ३ को बेल्टारमा चारधाम निर्माण गर्ने निर्णय गरेको छ ।

म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चारधाम निर्माण गर्ने प्रस्ताव गरि डिपिआर निर्माणकोलागि बजेट समेत विनियोजन गरेको थियो । डिपिआरको लागि बजेट विनियोजन भएपनि चार धाम निर्माणकोबारेमा राजनीतिक दल तथा स्थानीय नागरिक समाजको धारणा बुझ्ने उद्देश्यले शुक्रबार बेल्टारमा छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त छलफलमा सहभागी सबै राजनीतिक दल तथा नागरिक समाजका व्यक्तिहरुले चारधामको निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । चारधामको निर्माणपछि म्याग्देमा धार्मिक पर्यटनको प्रबद्र्धन हुने र धार्मिक पर्यटकहरुको समेत आवागमन हुने हुँदा गाउँपालिकाको अगुवाईमा चार धाम निर्माण गर्नुपर्नेमा सहभागीहरुको जोड थियो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तावित चारधाम निर्माणको बारेमा राजनीतिक दल र नागरिक समाजको धारणा बुझ्न छलफल आयोजना गरिएको र सबैले चारधाम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने सुझाव दिएको बताए । उक्त चारधामको डिपिआर तयार गर्न गाउँपालिकाले बजेट विनियोजन गरिसकेको हुँदा उक्त बजेट यही आर्थिक वर्षमा डिपिआर बनाउने र डिपिआरको आधारमा आगामी आर्थिक वर्षमा चारधाम निर्माण प्रक्रिया सुरु हुने बताए ।

वडा नम्बर ३ मा रहेको बेल्टारको ११ रोपनी सार्वजानिक जग्गामा धाम निर्माण गरिने छ । सबै धर्मावलम्बीहरुको भावनाको सम्मान गर्दै बृहत धार्मिक महोत्सव गरि रकम संकलन गरेर चार धाम निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

चारधाम निर्माणकोलागि गाउँपालिकाले लगानी गर्न नसक्ने भन्दै संघ र प्रदेश सरकार तथा धार्मिक महोत्सव गरि त्यसबाट संकलित रकम तथा अन्य दाताहरुबाट रकम संकलन गरि निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘चारधाम निर्माणमा गाउँपालिकालाई आर्थिक भार पर्ने छैन’ अध्यक्ष श्रेष्ठले भने ‘विभिन्न क्षेत्रका दाताहरुबाट रकम संकलन गर्ने र धार्मिक महोत्सव आयोजना गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक

देवघाटका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्यो, सात दिने सार्वजनिक सूचना जारी

देवघाट । साउन १६ जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले देवघाट गाउँपालिकाबाट प्रमाणीकरण भई आएका