म्याग्दे गाउँपालिकाले चारधाम निर्माण गर्ने

Devghat Online

शेयर गरौ

दमौली, पुस १३

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको चारधाम अव तनहुँको म्याग्दे गाउँपालिकामा पनि निर्माण हुने भएको छ । चारधाम निर्माण गर्ने बारेमा शुक्रबार भएको सरोकारवालाहरुको बृहत भेलाले वडा नम्बर ३ को बेल्टारमा चारधाम निर्माण गर्ने निर्णय गरेको छ ।

म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चारधाम निर्माण गर्ने प्रस्ताव गरि डिपिआर निर्माणकोलागि बजेट समेत विनियोजन गरेको थियो । डिपिआरको लागि बजेट विनियोजन भएपनि चार धाम निर्माणकोबारेमा राजनीतिक दल तथा स्थानीय नागरिक समाजको धारणा बुझ्ने उद्देश्यले शुक्रबार बेल्टारमा छलफल कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त छलफलमा सहभागी सबै राजनीतिक दल तथा नागरिक समाजका व्यक्तिहरुले चारधामको निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । चारधामको निर्माणपछि म्याग्देमा धार्मिक पर्यटनको प्रबद्र्धन हुने र धार्मिक पर्यटकहरुको समेत आवागमन हुने हुँदा गाउँपालिकाको अगुवाईमा चार धाम निर्माण गर्नुपर्नेमा सहभागीहरुको जोड थियो ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रस्तावित चारधाम निर्माणको बारेमा राजनीतिक दल र नागरिक समाजको धारणा बुझ्न छलफल आयोजना गरिएको र सबैले चारधाम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने सुझाव दिएको बताए । उक्त चारधामको डिपिआर तयार गर्न गाउँपालिकाले बजेट विनियोजन गरिसकेको हुँदा उक्त बजेट यही आर्थिक वर्षमा डिपिआर बनाउने र डिपिआरको आधारमा आगामी आर्थिक वर्षमा चारधाम निर्माण प्रक्रिया सुरु हुने बताए ।

वडा नम्बर ३ मा रहेको बेल्टारको ११ रोपनी सार्वजानिक जग्गामा धाम निर्माण गरिने छ । सबै धर्मावलम्बीहरुको भावनाको सम्मान गर्दै बृहत धार्मिक महोत्सव गरि रकम संकलन गरेर चार धाम निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

चारधाम निर्माणकोलागि गाउँपालिकाले लगानी गर्न नसक्ने भन्दै संघ र प्रदेश सरकार तथा धार्मिक महोत्सव गरि त्यसबाट संकलित रकम तथा अन्य दाताहरुबाट रकम संकलन गरि निर्माण गरिने अध्यक्ष श्रेष्ठले बताए । ‘चारधाम निर्माणमा गाउँपालिकालाई आर्थिक भार पर्ने छैन’ अध्यक्ष श्रेष्ठले भने ‘विभिन्न क्षेत्रका दाताहरुबाट रकम संकलन गर्ने र धार्मिक महोत्सव आयोजना गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि