भानु नगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक

Devghat Online

शेयर गरौ

दमौली, पुस २४

भानु नगरपालिकामा विपद् ब्यवस्थापन सम्बन्धि बैठक समपन्न भएको छ । भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित बुधबार बसेको बैठकले विपद्को पूर्व तयारी बारे छलफल गरिएको विपद् ब्यवस्थापन समितिका सचिब ईञ्जिनियर विपिन श्रेष्ठले जानकारी दिए ।

बैठकले गत असोज महिनामा परेको अविरल वर्षाका कारण क्षति पुगेको ३ घर परिवारलाई लाभग्राहीको सुचीमा कायम गरिएको छ भने नगरपालिका भित्र रहेका घर–परिवार मध्ये दोस्रो र तेस्रो किस्ताको लागि सिफारिस गर्ने निर्णय गरिएको छ । त्यसैगरी पहिरोका कारण विस्थापित भएका वडा नम्बर ११ का १२ घरपरिवारलाई घर पुन निर्माणका लागि सिफारिस गर्ने निर्णय गरिएको छ भने छुटेका लाभग्राहीलाई घर पुन निर्माणका लागि सिफारिस गरिएको वातावरण तथा विपद् ब्यवस्थापन समितिका संयोजक एवं वडा नं. १२ का अध्यक्ष बेलबहादुर अधिकारीले जानकारी दिए ।

बैठकमा निमित्त प्रमुख प्रशासकीय अधिकृत धु्रबराज पौडेल, वरिष्ठ प्रशाककीय अधिकृत सुनिल पाण्डे, सुचना अधिकारी कृपाहरि लौडारी, विभिन्न वडाका वडाध्यक्षहरु, नेपाली काँग्रेस भानुका सभापति रामकुमार श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष शंकर रानाभाट, माओवादी अध्यक्ष भरत थापा, रास्वपाका सभापति विष्णु पोख्रेल, नगर उद्योग वाणिज्य संघ भानु नगर सभापति कृष्णकुमार श्रेष्ठ, नेपाली सेनाका रुरु भैैरब दलका सह सेनानी सुभाष कार्की, शसस्त्र प्रहरीबल मनकामना गणका प्रहरी निरीक्षक बसन्त जिसी, नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सुरज गुरुङ लगाएतको सहभागिता रहेको नगर प्रमुखका स्वकीय सचिब अमीत लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको