चितवन महोत्सव सुरु

Devghat Online

शेयर गरौ

चितवन, पुस २५

१५ औँ संस्करणको चितवन महोत्सव बिहीबारदेखि नारायणी नदी किनारस्थित प्रदर्शनी मैदानमा सुरु भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु भएको यो महोत्सव १५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन समारोहमा संघका पदाधिकारीहरूले चितवनलाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा उचाइमा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी गराए ।

हरेक दुई वर्षको अन्तरालमा आयोजना हुने चितवन महोत्सवले कृषि, उद्योग, व्यापार, पर्यटन, र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्दै चितवनको पहिचानलाई थप सशक्त बनाउँदै आएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शनी, मनोरञ्जनात्मक कार्यक्रम, र स्थानिय उत्पादनका झल्किने स्टलहरू मुख्य आकर्षण हुनेछन् ।

महोत्सवले यहाँका स्थानीय व्यवसायी, किसान, र साना उद्यमीलाई आफ्नो उत्पादन तथा सेवा प्रदर्शन गर्ने अवसर प्रदान गर्दै चितवनको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको