लायन्स क्लव अफ भानुभक्तको आयोजनामा दमौलीमा गजल साँझ हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

लायन्स क्लव अफ भानुभक्तको आयोजनामा दमौलीमा साहित्य र गजल प्रेमीहरुलाई मध्यनजर गर्दै ‘लायन्स गजल साँझ २०८१’ हुने भएको छ । आगामी माघ ११ गते तनहुँको दमौली सभाहलमा गजल सौझ आयोजना गरिने शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

पत्रकार सम्मेलनमा जानकारी दिंदै लायन्स क्लव अफ भानुभक्तका अध्यक्ष हर्षमान श्रेष्ठले विपन्न बालबालिकाहरुको सहज पठनपठनमा सहयोग गर्ने तथा बालबालिकाहको पोषण अभिवृद गर्नुका साथै लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउँमा अक्षय कोष खडा गरि दिगो सेवाको काम गर्ने उद्देश्यले गजल साँझ आयोजना गर्न लागिएको बताए ।

क्लवका ऐजुकेटेड चिफ सुरेन्द्र पौडेलले समुदायमा रहेका उक्त गजल साँझमा संकलित रकमले सिमान्तकृत तथा विपन्न विद्यार्थी लाई सहयोगकोलागि कोष स्थापना गरिने बताए । उनले समुदायमा रहेका विपन्न बालबालिकाहरुको सहज पठन पाठनमा सहयोग गर्ने, तथा बालबालिकाको पोषण अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने मुख्य उद्देश्य रहेको पौडेलले बताए ।

क्लवका अध्यक्ष हर्षमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष प्रदिप काफ्ले, वर्तमान अध्यक्ष डिपि अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

उक्त गजल साँझमा तनहुँमा जन्मेका चर्चित गजल गायक राज सिग्देल एवं गोरखाका गजल गायक प्रदीप रोदनको प्रस्तुती रहने आयोजकले बताए । कार्यकमको सहजिकरण संस्थाका सचिव महेन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा