लायन्स क्लव अफ भानुभक्तको आयोजनामा दमौलीमा गजल साँझ हुने

Devghat Online

शेयर गरौ

दमौली, पुस २६

लायन्स क्लव अफ भानुभक्तको आयोजनामा दमौलीमा साहित्य र गजल प्रेमीहरुलाई मध्यनजर गर्दै ‘लायन्स गजल साँझ २०८१’ हुने भएको छ । आगामी माघ ११ गते तनहुँको दमौली सभाहलमा गजल सौझ आयोजना गरिने शुक्रबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

पत्रकार सम्मेलनमा जानकारी दिंदै लायन्स क्लव अफ भानुभक्तका अध्यक्ष हर्षमान श्रेष्ठले विपन्न बालबालिकाहरुको सहज पठनपठनमा सहयोग गर्ने तथा बालबालिकाहको पोषण अभिवृद गर्नुका साथै लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउँमा अक्षय कोष खडा गरि दिगो सेवाको काम गर्ने उद्देश्यले गजल साँझ आयोजना गर्न लागिएको बताए ।

क्लवका ऐजुकेटेड चिफ सुरेन्द्र पौडेलले समुदायमा रहेका उक्त गजल साँझमा संकलित रकमले सिमान्तकृत तथा विपन्न विद्यार्थी लाई सहयोगकोलागि कोष स्थापना गरिने बताए । उनले समुदायमा रहेका विपन्न बालबालिकाहरुको सहज पठन पाठनमा सहयोग गर्ने, तथा बालबालिकाको पोषण अभिबृद्धि कार्यक्रम सन्चालन गर्ने मुख्य उद्देश्य रहेको पौडेलले बताए ।

क्लवका अध्यक्ष हर्षमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष प्रदिप काफ्ले, वर्तमान अध्यक्ष डिपि अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

उक्त गजल साँझमा तनहुँमा जन्मेका चर्चित गजल गायक राज सिग्देल एवं गोरखाका गजल गायक प्रदीप रोदनको प्रस्तुती रहने आयोजकले बताए । कार्यकमको सहजिकरण संस्थाका सचिव महेन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा