भर्जन कालिका मन्दिर निर्माणकोलागि माघे संक्रान्ति मेला स्थलबाट ६ लाख ३७ हजार संकलन

Devghat Online

शेयर गरौ

देवघाट, माघ १

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित भर्जन कालिका मन्दिरको निर्माणको लागि मंगलबार एकै दिन ६ लाख ३७ हजार रुपैयाँ संकलन भएको छ । माघे संक्रान्ति मेलाको अवसरमा मेला स्थल बेणी संगममा मन्दिर निर्माणको बारेमा गरिएको माइकिङको प्रभाव र दान पेटिकामा संकलन गरिएको रकम मंगलबार एकै दिन करिब ६ लाख ३७ हजार संकलन भएको भर्जन कालिका मन्दिर निर्माण समितिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताए ।

मेला स्थलमा नगद ६ लाख ३४ हजार तथा संकलित चामल विक्रीबाट ३ हजार गरि कुल ६ लाख ३७ हजार संकलन भएको अध्यक्ष न्यौपानेले बताए । अध्यक्ष न्यौपानेको नेतृत्वमा मन्दिर निर्माण समितिका पदाधिकारीहरु बिहानै देखी मेला परिसरमा आर्थिक सहयोग संकलनकोलागि खटिएका थिए ।

भर्जन कालिका मन्दिरको बारेमा मेला स्थलमा माईकिङ गरेपछि भक्तजनहरुले स्वतः स्फुर्त सहयोग गर्नु भएको अध्यक्ष न्यौपानेले बताए । यो रकमले अव मन्दिरको निर्माणमा ठुलो सहयोग पुग्ने न्यौपानेले बताए । मेला स्थलमा मन्दिर निर्माण समितिका सदस्यहरुले कौरा गित पनि प्रस्तुत गरेका थिए । गत वर्षको माघे संक्रान्ति मेलामा ३ लाख ४१ हजार रुपैयाँ संकलन भएको थियो ।

भर्जन कालिका मन्दिर निर्माणकोलागि विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोग उपलब्ध गराउँदै आएका छन् । ११ हजार रुपैयाँ भन्दा बढि सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाको नाम शिलालेखमा लेखिने अध्यक्ष न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय