देवघाट जाने झोलुङ्गे पुल मर्मतको लागि बन्द

Devghat Online

शेयर गरौ

देवघाट, माघ ३

चितवनको भरतपुरबाट तनहुँको देवघाट गाउँपालिका जाने त्रिशुली नदीको झोलुङ्गे पुल मर्मतको लागि केही दिन बन्द हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १ देवघाटधाम र तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ जोड्ने उक्त झोलुङ्गे पुल मर्मतकोलागि आज शुक्रबारबाट केही दिन बन्द हुने भएको छ ।

देवघाट क्षेत्र विकास समितिले विहिबार सुचना प्रकाशित गरि आफ्नो भौगोलिक कार्यक्षेत्र भित्र पर्ने जोड्ने त्रिशूली नदी माथिको उक्त झोलुङ्गे पुल जीर्ण अवस्थामा रहेको र हाल सस्पेन्सन बृज डिभिजन कार्यालय, पुल्चोक, ललितपुरबाट खटिई आएका प्राविधिकहरूबाट मर्मत कार्य भैरहेको हुँदा पुल मर्मतको लागि माघ ४ गते देखी मर्मत कार्य पुरा नहुँदा सम्म बिहान ११ बजे देखि अपरान्ह ३ बजे सम्म सो पुलबाट सवारी साधनहरूको आवागमन बन्द गरिने जनाएको छ ।

स्थानीयवासी, भक्तजन तथा अन्य सर्वसाधारणलाई सहज र सुरक्षित आवागमनको लागि पुल मर्मत कार्यमा आवश्यक सहयोग गर्न समितिले अनुरोध गरेको छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले मर्मत कार्य पुरा नहुँदासम्म उक्त अवधिभर आवागम बन्द गरिने बताए ।

२०३७ सालमा निर्मित उक्त झोलुङ्गे पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । दैनिक हजारौं जना आवत जावत गर्ने उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उक्किएर बाँसको कप्टेरो राख्नु परेको थियो । उक्त झोलुङ्गे पुल हुँदै सामान्य दिनमा स्थानीय तथा बाहिरबाट आउने भक्तजन सहित दैनिक ६ हजार भन्दा बढि संख्याले उक्त पुलबाट आवतजावत गर्ने क्षेत्र विकास समितिले जनाएको छ ।

मेला, महोत्सव तथा यज्ञ सन्चालन भएको दिनमा हजारौं भक्तजनले यही पुल प्रयोग गर्ने साथै सयौं स्थानीयहरुले दैनिक मोटरसाईकल समेत वारपार गर्ने कारणले पुल जिर्ण हुँदै गएको हो । गत माघे संक्रान्ति मेलामा त एकै दिन लाखौं भक्तजनले उक्त पुल मार्फत आवत जावत गरेका थिए ।

देवघाट गाउँपालिकाका सामाजिक अगुवा तथा देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले त्रिशुलीको झोलुङ्गे पुलले अव धान्न नसक्ने बताए । २०३७ सालमा निर्माण सम्पन्न भएको उक्त पुलमा हाल दैनिक ६ हजार जना भन्दा बढिले आवत जावत गर्ने र सयौं मोटरसाईकल वारपार गर्ने पौडेलले बताए । देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुराको पुल, दासढुङ्गको मोटरेबल पुल, नवलपुर जोड्ने हर्दीको पुल तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे ।

निर्माण भएयताको यो ४४ वर्षमा करिब २ करोड जनाले उक्त पुलबाट आवत जावत गरेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए । अब जतिसक्दो चाँडो झोलुङ्गे पुलको विकल्प नखोज्ने हो भने कुनै पनि दिन ठुलो दुर्घटना हुन सक्ने पौडेलले बताए । पौडेलले उक्त पुलको विकल्प तत्काल खोज्न नसक्ने हो भने अव उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाउनुपर्ने बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुल मर्मत गर्नु पर्ने विषयमा गत साता सस्पेन्सन बृज डिभिजन कार्यालयमा गई जानकारी गराएको बताए । देवघाट जान तिन वटा मोटरेवल पुल सन्चालनमा आईसकेको हुँदा अव उक्त पुलबाट मोटसाईकल सन्चालनमा रोक लगाउनु पर्ने अध्यक्ष थापाले बताए । उक्त पुलमा मोटसाईकल सन्चालनमा रोक लगाउन गाउँपालिकाले नसक्ने हुँदा यसकोलागि स्थानीय प्रशासनले नै पहल लिनुपर्ने अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन