बन्दीपुरका किशोरीहरूलाई माघ २२ गतेबाट एचपिभि खोप लगाइने

Devghat Online

शेयर गरौ

दमौली, माघ ५

बन्दीपुर गाउँपालिकाका ९४३ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रण विरुद्धको एच पि भि खोप लगाइने भएको छ ।

गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी यही माघ २२ गतेबाट गाउँपालिकाले खोप अभियान सञ्चालन गर्दैछ । अभियानका लागि गाउँपालिकाले स्वास्थ्य शाखा मार्फत स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण समेत प्रदान गरेको छ ।

विद्यालय पढ्नेहरूको हकमा ६ देखि १० कक्षासम्मका किशोरीहरू र विद्यालय नजानेहरूको हकमा भने १० वर्षदेखि १४ वर्षसम्मका उमेरका किशोरीहरूलाई यो खोप लगाइने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख किरण श्रेष्ठले जानकारी दिएका छन् ।

महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई एचपीभी नामक भाइरसविरुद्ध उक्त खोप दिन लागिएको हो ।

नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा छ भने महिला र पुरुष दुवैको गणना गर्दा पनि फोक्सोको क्यान्सरपछि दोस्रो स्थानमा छ । पाठेघरको क्यान्सर प्रायः ह्यूमन प्यापिलोमाभाइरस (एचपीभी) का कारण हुने बताइन्छ । यसलाई खोपले रोकथाम गर्न सकिने क्यान्सर मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास