शनिबारबाट बन्दीपुरमा राष्ट्रपति रनिङ शिल्ड सुरु

Devghat Online

शेयर गरौ

दमौली, माघ ५

तनहुँको बन्दीपुर गाउँपालिकामा विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त कार्यक्रमको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उद्घाटन गरे ।

बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित टुंडिखेलमा आयोजित उक्त कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राष्ट्रपती रनिङ सिल्डले विद्यार्थीहरुको खेल प्रतिभाको विकास हुने बताए ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको संयोजकत्वमा भएको सो प्रतियोगितामा बन्दीपुर गाउँपालिकाभित्रका नौवटै माध्यमिक विद्यालयले भाग लिएको गाउँपालिकाका शाखा प्रमुख भिम प्रसाद लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा सामुदायिक तर्फ बिष्णु मावि, पवित्रा मावि, भानु मावि, शिव मावि, कालिका मावि र अरुण मावि तथा संस्थागत तर्फ दीपशिखा, मनास्लु र नोट्रेडम सहित ३ गरी नौवटा माध्यमिक विद्यालयले भाग लिएका छन् । प्रतियोगिता माघ ७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड सम्पन्न, न्यु भिजन एकेडेमी प्रथम

देवघाटअनलाईन चितवन, मंसिर २७ । संस्थागत विद्यालय संघ चितवनको आयोजनामा दोस्रो अन्तर विद्यालय आइएसओ रनिङ्गशिल्ड