देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

Devghat Online

शेयर गरौ

देवघाट, माघ ५

पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर भनिने बिजयकृष्णमुर्तीले देवघाटधाममा जारी देवघाट महा–महोत्सव कसैले बिथोल्न खोजे प्रतिकार गर्ने चेतावनी दिएका छन् । शनिबार देवघाट महा–महोत्सवलाई सम्बोधन गर्दै उनले कसैले महा–महोत्सव अवरोध गर्न खोजे हिन्दु सेना उतार्ने चेतावनी दिए ।

‘कसैले महा–महोत्सव अवरोध गर्न खोज्छ भने हामीलाई जानकारी गराउनु, जहाज चार्टर गरेर हुन्छ की, हेलिकप्टरमा आएर हुन्छ की, मोटरसाईकलमा आएर हुन्छ की हिन्दु सेना उतार्छौ’ उनले भने ‘हिन्दु सेनाले देवघाटमा सुरक्षा दिएर महा–महोत्सव सफल बनाएरै छाड्छौं ।’ यस्ता महायज्ञ र धार्मिक कार्यक्रममा अवरोध आउनु स्वभाविक भएको भन्दै उनले यस्ता साना तिना अवरोधलाई चिरेर अगाडी बढ्नु पर्ने बताए ।

देवघाट महा–महोत्सव असफल पार्न विश्व हिन्दु महासंघ चितवनको नेतृत्वमा गतिविधि भईरहेको सन्दर्भमा शनिबार महा–महोत्सव आएका बिजयकृष्णमुर्तीले सो चेतावनी दिएका हुन् । महा–महोत्सवका संकल्पकर्ता इश्वरकृष्ण महाराजले पनि महा–महोत्सव आयोजना गरेकै दिनबाट आफुलाई विभिन्न धम्की र बार्गेनिङ आउन थालेको बताए । उनले कसैको धम्कीले पनि आफु नडराउने भन्दै महा–महोत्सवमा संकलित रकम पारदर्शी रुपमा देखाउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक