वरिष्ठ गायक महत जन्मभूमी तनहुँमा सम्मानित

Devghat Online

शेयर गरौ

दमौली, माघ ५

तनहुँको शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दीमा जन्मनु भएका वरिष्ठ लोक दोहोरी गायक प्रेमराजा महत आफ्नो जन्मभूमी तनहुँमा सम्मानित भएका छन् ।

नवांै तनहुँ महोत्सव मुल समारोह समितिले शनिबार महतलाई दमौलीमा सम्मान गरेको हो । गायक महतलाई गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महोत्सव मुल समारोह समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्र, महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठ, प्रवक्ता सुवोध अधिकारीले सयुक्त रुपमा सम्मान गरेका थिए । लोकगीतको प्रर्वद्धनमा देश विदेशमा पु¥याउनु भएको योगदानको कदर गर्दै गायक महतलाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख गरिएको छ ।

नवौ तनहुँ महोत्सवमा तनहुँमै जन्मिएका गायक प्रेमराजा महत गायिका शिला आलेले दर्शक नचाएका छन् । गायक महतले बाँझो खेतमा, माया भेटियो बन्दीपुरैमा बोलको गीतका दर्शक खुब रमाएर नाचे । महोत्सवमा शिला आलेले गोरखा कालिका, जोखौं तुलो, मलाई पनि लैजाउन निरमाया तिमी बस्ने सहरैमा ….बोलका गीतले दर्शक नचाउनु भएको थियो । साँझ ५ः३० बजे गायिका रचना रिमालले आफ्नो लोकप्रिय गीतहरु फोटो फिरिम, टन्न पैसा कमाउँला, तिम्रो घरमा मेरो छोरी, मिनरल वाटर लगायका प्रस्तुत गरेर दर्शक मन्त्रमुग्ध पारेका थिए । त्यस्तै लोकप्रिय गायक प्रकाश दुतराजको त्यसैगरी गायक श्याम राना, इन्सल सन्जाल, गायक रमेश श्रेष्ठ मेलोडीको प्रस्तुतिले दर्शक रमाएका थिए ।

यसैगरी नवौ तनहुँ महोत्सवमा शनिबार दर्शकको भीड लागेको छ । शनिबार सार्वजानिक बिदा भएकोे करीव दश हजार दर्शकले महोत्सवको अवलोकन गरेको तनहुँ उद्योग वाणिज्य संघका महासचिव तथा महोत्सवका प्रवक्ता सुवोध अधिकारीले जानकारी दिए । दशौं शनिबार सम्ममा ७० हजार दर्शकले अवलोकन गरेको र दुई करोड ७० लाखको आर्थिक कारोबार भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

आइतबार शर्मा, कार्की र परियारले दर्शक नचाउने

यसै गरी नवौ तनहुँ महोत्सवमा आइतबार चर्चित गायक तथा गायिकाको प्रस्तुति हुने भएको छ । गायक तथा गायिकाहरु हेमन्त शर्मा, राजन कार्की र शान्ति रानी परियार लगायतको प्रस्तुति हुने राष्ट्रिय कलाकार संयोजक महेशकुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु