चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा

Devghat Online

शेयर गरौ

चितवन, माघ ७

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक जना युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्र का अनुसार युवकमाथि निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन् ।

सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो । अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत असई भुजेलले पुस १५ गते राती बाइपास रोडमा युवकमाथि निर्घात कुटपिट गरेको खुलेको छ ।

डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन भएको हो। यस्तै रातको समयमा चेकिङमा बसेका असई भुजेलले ‘माथिको पावर देखाएको’ भन्दै लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेको भिडियोमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो