डुम्रेमा आगलागी, ५० मुरी धान नष्ट

Devghat Online

शेयर गरौ

डुम्रे, माघ ९

बुधबार विहान अन्दाजी ११ः४० बजेको समयमा बन्दिपुर गाउँपालीका वडा नम्बर १ डुम्रेबजार स्थित केशब अधिकारीको पक्की घरको पाँचौ तलामा आगलागी भएको छ ।

उक्त आगलागीको खबर ईलाका प्रहरी कार्यालय आबुखैरेनी, ईलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रे तनहुँबाट प्रहरी निरीक्षक समेत ३६ जना प्रहरी कर्मचारीहरु र स्थानिय मानिसहरुको सहयोगमा १२ः२० बजेको समयमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त आगलागीबाट अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको,सो घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण