अखिल क्रान्तिकारीको अध्यक्षमा बन्दीपुरका सुदिन पौडेलको उम्मेदवारी

Devghat Online

शेयर गरौ

दमौली, माघ ९

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पदमा तनहुँको बन्दीपुरका सुदिन पौडेलले उम्मेदवारी दिएका छन् । मंगलबार उम्मेदबारी दर्ताको कार्यक्रम रहेको थियो । उक्त क्रममा पौडेलले अध्यक्ष पदमा उम्मेदबारी दिएका हुन् ।

हाल बन्दिपुरमा बस्दै आएका पौडेलको राजनीतिक थलो भने म्याग्दी जिल्ला हो । उनी त्यँहीबाट विद्यार्थी राजनीति गर्दै आएका छन् । पौडेल यस अघिको कार्यकालमा अखिल क्रान्तिकारीको उपमहासचिव एवं गन्डकी प्रदेशको अध्यक्ष भएका थिए । पौडेललाई नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन, सचिव शक्तिबहादुर बस्नेत लगायतका नेताहरुले समर्थन गरेका छन् । यद्यपी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वर्षामान पुनकै उम्मेदबारलाई समथर्न गर्ने दावी सो समुहका नेताहरुले बताएका छन् ।

अध्यक्षका उम्मेदबार पौडेलले जसको नीति उसको नेतृत्व स्थापित पर्न आफु अध्यक्ष बन्नु पर्ने बताएका छन् । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउने अडान पौडेल लगायतका विद्यार्थी नेताहरुले लिएका थिए । उनले अखिल क्रान्तिकारीलाई पुन सडकको बाघ बनाउन, भ्रष्टाार र बेथिती विरुद्ध संघर्षको नेतृत्व गर्न, स्ववियु चुनावबाट अखिल क्रान्तिकारीलाई सबैभन्दा ठुलो संगठन बनाउन र समाजबादी शिक्षाको लागि संघर्ष गर्नको लागि आफु अध्यक्ष बन्नुपर्ने बताएका छन् ।

अखिल क्रान्तिकारीको अध्यक्ष पदमा पौडेलसँगै हेमन्त राई, उपदेश यादव र विजय सापकोटाले पनि उम्मेदबारी दिएका छन् । त्यस्तै महासचिव पदमा पनि रोशन थापा मगर, गोविन्द बानिया र पदम काफ्ले उम्मेदवार भएका छन् । माघ १२ गतेको निर्वाचनमा प्रदेश र केन्द्रमा मतदान हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता