अखिल क्रान्तिकारीको अध्यक्षमा बन्दीपुरका सुदिन पौडेलको उम्मेदवारी

Devghat Online

शेयर गरौ

दमौली, माघ ९

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पदमा तनहुँको बन्दीपुरका सुदिन पौडेलले उम्मेदवारी दिएका छन् । मंगलबार उम्मेदबारी दर्ताको कार्यक्रम रहेको थियो । उक्त क्रममा पौडेलले अध्यक्ष पदमा उम्मेदबारी दिएका हुन् ।

हाल बन्दिपुरमा बस्दै आएका पौडेलको राजनीतिक थलो भने म्याग्दी जिल्ला हो । उनी त्यँहीबाट विद्यार्थी राजनीति गर्दै आएका छन् । पौडेल यस अघिको कार्यकालमा अखिल क्रान्तिकारीको उपमहासचिव एवं गन्डकी प्रदेशको अध्यक्ष भएका थिए । पौडेललाई नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुन, सचिव शक्तिबहादुर बस्नेत लगायतका नेताहरुले समर्थन गरेका छन् । यद्यपी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि वर्षामान पुनकै उम्मेदबारलाई समथर्न गर्ने दावी सो समुहका नेताहरुले बताएका छन् ।

अध्यक्षका उम्मेदबार पौडेलले जसको नीति उसको नेतृत्व स्थापित पर्न आफु अध्यक्ष बन्नु पर्ने बताएका छन् । अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउने अडान पौडेल लगायतका विद्यार्थी नेताहरुले लिएका थिए । उनले अखिल क्रान्तिकारीलाई पुन सडकको बाघ बनाउन, भ्रष्टाार र बेथिती विरुद्ध संघर्षको नेतृत्व गर्न, स्ववियु चुनावबाट अखिल क्रान्तिकारीलाई सबैभन्दा ठुलो संगठन बनाउन र समाजबादी शिक्षाको लागि संघर्ष गर्नको लागि आफु अध्यक्ष बन्नुपर्ने बताएका छन् ।

अखिल क्रान्तिकारीको अध्यक्ष पदमा पौडेलसँगै हेमन्त राई, उपदेश यादव र विजय सापकोटाले पनि उम्मेदबारी दिएका छन् । त्यस्तै महासचिव पदमा पनि रोशन थापा मगर, गोविन्द बानिया र पदम काफ्ले उम्मेदवार भएका छन् । माघ १२ गतेको निर्वाचनमा प्रदेश र केन्द्रमा मतदान हुने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान