ऋषिङमा छातीरोगको खोजपड्ताल शिविर र निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, माघ १०

ऋषिङ्ग गाउँपालिकाको आयोजना तथा प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र गण्डकी प्रदेश पोखरा र प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयुक्त आयोजनामा एक्स–रे द्वारा छातीरोग सम्बन्धी खोजपड्ताल शिविर हुने भएको छ ।

उक्त छातीरोग सम्बन्धी खोजपड्ताल शिविर माघ १३ गते ऋषिङ गाउँपालिका–५ स्थित शंकर प्राविमा हुने गाउँपालिकाले जनाएको छ । उक्त शिविरमा सबै रक्तचापको (प्रेसर) जाँच र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेतको जाँच गरिने हुँदा सम्बन्धित लक्षण भएका सम्पूर्ण नागरीकहरुले शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिनुहुन गाउँपालिकाले अनुरोध गरेको छ ।

यसैगरि ऋषिङ गाउँपालिकाको आयोजना, आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि. पोखरा र ऋषिङ स्वास्थ्य क्लीनिकको प्राबिधिक सहयोगमा माघ १९ गते शिव सरस्वती मावि ऋषिङ– ८, हबेलीडाँडामा एकदिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

उक्त शिविरमा बरिष्ठ मृगौला तथा उच्च रक्तचाप विशेषज्ञ डा.अमृत केसी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.भिम सिग्देल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.सिर्जना शर्मा, पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ डा.राजेन्द्र पौडेल र रेडियोलोजिष्ट विशेषज्ञ डा.डा.नवराज शर्मा लगायतका चिकित्सकले स्वास्थ्य परिक्षण गर्ने छन् ।

उक्त शिविरमा इसिजी सेवा, भिडियो एक्सरे सेवा, सुगर, ब्लड युरिया, सिरम, युरिन लगायतको ल्याब परिक्षण गरिने तथा निशुल्क औषधी समेत वितरण गरिने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता