आबुँखैरेनीमा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, माघ १०

आँबुखैरेनी गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार रामशाह माविको प्राङ्गणमा सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका उपाध्यक्ष आदरणीय दुर्गा अर्यालको अध्यक्षतामा भएको उक्त प्रतियोगिताको संविधान सभा सदस्य एवं पूर्व महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा कोईरालाले उद्घाटन गरिन् ।

उक्त कार्यक्रममा खेलकुदको विभिन्न विधाहरू सञ्चालन गरिएको थियो । ती मध्ये ३००० मि. रेस, २०० मि. रेस, लङ जम्प, ट्रिपल जम्प, शटपुट, र भलिबल छात्र क्वाटर फाइलन खेल प्रमुख आकर्षण बनेका थिए । प्रतिस्पर्धामा विद्यालयका विभिन्न उमेर समूहका छात्र÷छात्राहरूले आफ्नो खेलकुद क्षमता प्रदर्शन गरेका थिए ।

यस प्रतियोगिताले विद्यालय र गाउँका युवाहरुलाई खेलकुदको क्षेत्रमा उत्साहित गर्दै उनीहरूको शारीरिक क्षमता र मानसिक दृढता पनि विकास गर्न मद्धत पु¥याएको प्रमुख अतिथि कोईरालाले बताइन् । प्रतियोगिताले खेलकुदमा युवाहरूको सहभागिता बढाउने मात्र नभई सामाजिक एकता र समन्वयको भावनालाई पनि प्रबल बनाएको बताइन् ।

उक्त प्रतियोगितामा वडाध्यक्षहरु, गाउँ शिक्षा समितिका सदस्यहरु, प्रधानाध्यापक, शिक्षक, र खेलप्रेमीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

तनहुँ प्रहरीद्वारा फैसला कार्यान्वयन र चालु मुद्दाका ५ जना प्रतिवादी पक्राउ

तनहुँ । साउन २० जिल्ला प्रहरी कार्यालय तनहुँले अदालतको फैसला कार्यान्वयन तथा विभिन्न मुद्दाका फरार

बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका पुरुषलाई प्रहरीले उद्धार गरी अस्पताल पठायो

तनहुँ । साउन २० व्यास नगरपालिका–२ अमरापुरी पानीघट्टा स्थित बुल्दीखोला किनारमा अचेत अवस्थामा भेटिएका एक